भारतको नयाँदिल्ली हुँदै अवैधानिक रुपमा युवतीहरुलाई कुवेत पठाउने दुई जना महिला पक्राउ परेका छन्।
उदयपुर बेलटार ७ घर भइ बालाजु बस्ने बिना तामाङ र बालकुमारी विश्वकर्मालाई महानगरीय अपराध महाशाखा टेकुकले पक्राउ गरेको एसपी सहकुल थापाले बताए। उनीहरुले काँकडभिट्टा नाका हुदैँ नयाँ दिल्ली पुर्याउने र त्यहाँबाट कुवेत पठाउने गरेको उनले बताए।
कोटेश्वरबाट काँकडभित्ता तर्फ जाँदै गरेको अवस्थमा बा १ ज ३१२१ नम्बरको हाइस गाडीमा चेक जाँच गर्ने क्रममा ४ जना पीडित महिला सहित उनीहरुलाई पक्राउ गरिएको उनले बताए।