एकीकृत माओवादीको स्थायी समितिको बैठक अहिले बसिरहेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा माओवादीसँग गर्ने भनिएको पार्टी एकिकरण लगायतका विषयमा छलफल भइरहेको छ।
बैठकमा सरकारको समिक्षा गर्नुको साथै सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्।