सर्वोच्च अदालतले दीपक पाठकलाई प्रेस कान्सिलको सदस्यमा दिइएको नियुक्ति कार्यान्वयन नगराउन अन्तरकालिन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज पाठकको नियुक्ति यथास्थितिमा राख्न र तत्काल कार्यन्वयन नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए।
अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने निर्णयका लागि दुवैपक्षलाई छलफलमा समेत बोलाएको छ
गलत धन्दामा लागेका पाठकलाई काउन्सिलको सदस्य नबनाउन माग गर्दै रामकुमार रिजालले सर्वोच्च अदालतमा मङ्लबार रिट निवेदन दायर गरेका थिए। आदेशमा सूचना तथा सञ्चार मन्त्रालयको यही वैशाख १७ गते गरेको निर्णय कार्यान्वयन नगर्नु/नगराउने भनिएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले पाठकलाई यही वैशाख १७ गते काउन्सिलको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो। रासस