रोनाल्डोको पोर्चुगललाई २–२ गोलको बराबरीमा रोक्यो मेक्सिकोले


फिफा विश्व कप फुटबलभन्दा अगाडि रुसमा सुरु भएको कन्फिडरेशन कपको आइतबार राती सम्पन्न खेलमा युरोपियन च्याम्पियन पोर्चुगललाई २–२ गोलको बराबरीमा मेक्सिकोले रोकेको छ।

रियल म्याड्रिडलाई यो सिजन पुनः च्याम्पियन्स लिगको उपाधि दिलाएर राष्ट्रिय टोलीमा फर्किएका क्रिस्टियानो रोनाल्डोले कुनै गोल गर्न सकेनन्। तर, उनले ३४ मिनेटमा पहिलो गोलका लागि रिकार्डो क्युरेस्मालाई पास मिलाएका थिए। तर, ४२ मिनेटमै जाभियर हर्नान्डेजले पहिलो हाफमा खेललाई १–१ को बराबरीमा ल्याए।

पोर्चुगललाई ८६ मिनेटमा सेड्रिक सोआरेसले पनि अग्रता दिलाएका थिए। तर, निर्धारित ९० पछि थप गरिएको एक मिनेटमा मेक्सिकोका डिफेन्डर हेक्टर मोरेनोले गोल गर्दै अन्त्यमा खेललाई बराबरीमा राखे। मेक्सिकोसँग अंक बाँडेको पोर्चुगल समूह एमा आयोजक रुस र मेक्सिकोपछि तेस्रो स्थानमा छ। यो समूहमा न्युजिल्यान्डले खाता खोलेको छैन्। पहिलो खेल रुससँग पराजित भएको न्युजिल्यान्ड चौथो स्थानमा छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.