इंग्लिस प्रिमियर लिगमा थप दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना लागेका व्यक्ति दुई फरक क्लबका छन्।
प्रिमियर लिगमा आबद्ध खेलाडी तथा अफिसियलहरुको गत मंगलबार, बिहीबार र शुक्रबार परीक्षण गरिएको थियो। जसमा खेलाडी र स्टाफ गरी ९९६ व्यक्ति छन्।
पछिल्लो सात दिनमा कोरोना देखिएकाहरू अहिले सेल्फ आइसोलेसनमा बसेका छन्।
अहिले प्रिमियर लिगका प्रत्येक क्लबको परीक्षण कोटा ४० जनाबाट बढाएर ५० जनामा पुर्याइएको छ।
यसअघि पाँच दिनअघि ६ जनालाई कोरोना पुष्टि भएको थियो।
टिमहरुले सामाजिक दूरी कामय गरेर गत मंगलबारदेखि प्रशिक्षण थालेका थिए।
प्रिमियर लिग गत १३ मार्चदेखि कोरोना भाइरसका कारण अनिश्चिककालका लागि स्थगित भएको थियो। लिगमा अझै ९२ खेल खेल्न बाँकी छ।
प्रिमियर लिगका मुख्य कार्यकारी रिचार्ड मास्टर्सका अनुसार जुनदेखि फेरि लिग सुचारू गर्नका लागि तयारी गरिएको छ।