मोरङमा पानी जमेको खाल्डोमा डुबेर एक वृद्धको मृत्यु भएको छ।
कानेपोखरी गाउँपालिका-२ का ७३ वर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो।
आइतबार बेलुकी आठ बजे चौधरी घरबाट निस्किएका थिए। सोमबार बिहान ११ बजे उनी घर नजिकैको पानी जमेको खाल्डोमा मृत फेला परेका थिए। आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
जानकारी प्राप्त हुन बित्तिकै ईलाका प्रहरी कार्यालय पथरीबाट टोली खटिएको थियो। प्रहरीले यस घटनामा थप अनुसन्धान थालेको छ।