क्रिकेटमा आर्मीलाई ४९ रनले हराउँदै एपिएफले जित्यो स्वर्ण

चुनाव
  • Get News Alerts

tata

पूर्वाञ्चलमा जारी वृहत सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आज भएको खेलमा एपिएफले स्वर्ण पदक हात पारेको छ।

मोरङको झापा बैजनाथपुरको खेल मैदानमा भएको फाइनल खेलमा एपिएफले आर्मीलाई ४९ रनले पराजित गरी स्वर्ण पदक हात पारेको हो।

टस हारेर ब्याटिङ गरेकोे शसस्त्र प्रहरीको एपिएपले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रनको मध्यम योगफल खडा गरेकोे हो। एपिएफका कप्तान पारस खड्काले ३८ बलमा एक छक्का र एक चौका प्रहार गरी ३३ रन र भुवन कार्कीले १२ बलमा एक छक्का र दुई चौका प्रहार गरी नटआउट २४ रनको योगदान गरेका थिए।

आर्मीका विक्रम सोवले ४ ओभरमा १४ रन दिएर दुई विकेट र सोमपाल कामीले ४ ओभरमा २१ रन दिएर दुई विकेट लिएका थिए।जवाफमा १ सय २२ रनको मध्यम विजय लक्ष्य पछ्याएको आर्मीले १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ७२ रनमा सिमित हुन पुग्यो। आर्मीका नरेश बढायरले १७ रनबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

एपिएफका भुवन कार्कीले ४ ओभरमा ११ रन दिएर ४ विकेट तथा शक्ति, बसन्त रेग्मी र यज्ञमान कुमालले २–२ विकेट लिएका थिए।

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट