पूर्वाञ्चलमा जारी सातौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत फुटबलमा एपिएफले स्वर्ण पदक जितेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा आर्मीलाई २-०ले हराउँदै फुटबलमा स्वर्ण जितेको हो।
एपिएफका लागि अञ्जन विष्टले दुबै गोल गरेका हुन्।
खेलको १४ औं मिनेट पहिलो गोल गरेका विष्टले ३०औं मिनेटमा गोल गरेका थिए।