खुट्टाको प्लास्टर खोलेको २ दिनपछि ४ वटा स्वर्ण २ रजत

  • Get News Alerts

सातौंले देखाएको सम्भावना
tata

सातौं बृहत राष्ट्रिय खेलकुदमा सहभागी हुन पूर्वाञ्चल आउनुअघिसम्म कृष्णा चौधरी असमञ्जसमा थिइन्। दुई दिनअघि मात्र उनको दाँहिने खुट्टाको प्लास्टर काटिएको थियो। त्यसैले उनी नेपाली खेलकुदको ठूलो खेल मेलामा सहभागी बन्ने सम्भावना नै न्युन थियो।

तर, यस्तो अवस्थामा पनि नेपाल आर्मीका प्रशिक्षक पुष्पराज ओझाले उनलाई खेल्ने अवसर प्रदान गरे, उनको प्रतिभा र मेहनत देखेर। जसको नतिजा अहिले उनी सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत पूर्वाञ्चलतर्फ भइरहेको २९ खेलका करिब तीन हजार खेलाडीमध्ये सर्वाधिक स्वर्ण जित्ने खेलाडीको रुपमा स्थापित भएकी छिन्। उनले यसपालि ४ स्वर्ण र २ रजत गर्दै ६ वटा पदक जितेकी छिन्।

यस क्रममा सय र दुई सय मिटर दुवै स्पर्धामा स्वर्ण जित्दै आफू स्प्रिन्टको नयाँ च्याम्पियन भएको उद्घोष गरेकी छिन्।

कृष्णाले ५ वर्षअघि धनगढीमा भएको छैटौं बृहत राष्ट्रिय खेलकुदमा पनि सय मिटर स्पर्धामा भाग लिएकी थिइन्। धनगढी घर भएपनि उनी मध्यमाञ्चलबाट सहभागी भइन्। त्यतिबेला चौथो स्थानमा रहँदै उनले दौड पुरा गरेकी थिइन्।

तर, यसपालि इटहरीमा सम्पन्न सातौंमा उनले खेलाडी मैत्री ट्रयाक नभएपनि सय मिटर र दुई सय मिटरमा १७ वर्षअघि नेपाल पुलिसकी देवीमाया पनेरुले राखेको राष्ट्रिय कीर्तिमान छेउछाउमा पुगेकी छिन्।
उनको दौडिने कला देखेपछि केही समय भित्रै उनले देवीमायाले सन् १९९९ काठमाडौंमा भएको आठौं साग गेममा बनाएको राष्ट्रिय कीर्तिमानलाई भंग गर्ने आशा गरिएको छ।

‘करिब एक महिना चोटका कारण विश्राममा बस्नु नपरेको भए यसपालि नै राष्ट्रिय कीर्तिमान बनाउथे होला,’ नेपाल आर्मीकी २३ वर्षीय धाविकाले सेतोपाटीसँग भनिन्।

देवीमायाले आठौं साफमा सय मिटर दुरी १२ दशमलव १३ सेकेन्डमा पुरा गरेकी थिइन्। कृष्णाले प्रतिकूल अवस्थाका बाबजुद सातौंमा सय मिटर दुरी १३ दशमलव १६ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी थिइन्।
यस्तै, देवीमायाले आठौं सागमा दुई सय मिटर दुरी २५ सेकेन्डमा पुरा गरेकी थिइन्। कृष्णाले २६ दशमलव ९० सेकेन्डमा पुरा गरिन्।

कृष्णाले यसपालि ४ गुना सय मिटर रिले ५२ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन्। उनले ४ गुना ४ सय मिटर रिले पनि ४ मिनेट १४ दशमलव ७ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी थिइन्।

धनगढीको छैटौं बृहत राष्ट्रिय खेलकुदमा स्प्रिन्टमा कुनै मेडल जित्न नसकेपनि लङजम्पतर्फ उनले राष्ट्रिय च्याम्पियन नेपाल पुलिसकी केशरी चौधरीलाई स्तब्ध पारेकी थिइन्। त्यतिबेला उनले केशरीलाई दोस्रो स्थानमा धकल्दै स्वर्ण जितेकी थिइन्। उनको यो प्रदर्शनपछि नेपाल आर्मीले तत्कालै उनलाई अनुबन्धन गरेको थियो।

यसपालि लङजम्प र चार सय मिटर को दुवै स्पर्धामा उनले स्वर्ण जित्न सकिनन्। रजत मै चित्त बुझाउनु पर्यो। एक महिनाअघि काठमाडौंको दशरथ रंगशालामा लङजम्पको अभ्यास गर्ने क्रममा ’ल्यान्डिङ’ मा समस्या भएपछि उनको दाँहिने खुट्टाको ‘टेन्डन‘ हल्का क्रयाक भएको थियो। यसकारण चिकित्सकले उनको खुट्टामा प्लास्टर गरेर केही समय विश्राम गर्ने सुझाव दिएका थिए।

‘जम्प गर्दा खुट्टा दुख्ने कारण मैले राम्रो प्रदर्शन गर्न सकिन्,’ कृष्णाले भनिन्। उनी लङजम्पमा यसपालि केशरीसँग पराजित भएकी थिइन्। केशरीले लङजम्पमा ५ दशमलव ०५ मिटरको झलाङ लगाएकी थिइन्। कृष्णाले ४ दशमलव ९४ मिटरको दुरी तय गर्दै रजतमा चित्त बुझाउनु परेको थियो।

यस्तै उनी ४ सय मिटर दौडमा आफ्नै विभागकी संगीता मेचेसँग २ सेकेन्डभन्दा मूनीको समयमा पछि पर्दै स्वर्णबाट बञ्चित भइन्। मेचेले १ मिनेट शुन्य दुई दशमलव ७० सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण जितिन्। कृष्णाले १ मिनेट शुन्य ४ दशमलव ६० सेकेन्डमा दौड पुरा गरेकी थिइन्।

कृष्णाले १० महिनाअघि भारतको गुवाहाटीमा भएको १२ औं संस्करणको साग खेलकुदमा पहिलो पल्ट देशको प्रतिनिधित्व गरेकी थिइन्। उनले त्यतिबेला १ सय मिटर स्प्रिन्ट सातौं स्थानमा रहँदै पुरा गरेकी थिइन्। लङजम्पमा भने पाँचौ स्थान ओगट्न सफल भएकी थिइन्।

उनी तीन वर्षपछि नेपालमा आयोजना हुने भनिएको १३ औं साग गेमलाई अविस्मरणीय बनाउन चाहन्छिन्। उनको इच्छा छ, स्प्रिन्टमा भारत र श्रीलंकाको आधिपत्यलाई जसरी पनि तोड्ने। नेपालले साग गेममा स्प्रिन्टतर्फ अहिलेसम्म कुनै पदक जित्न सकेको छैन्।

सातौं बृहत राष्ट्रिय खेलकुदमा प्रतिकूल अवस्थामा पनि जसरी दौडिएर कृष्णाले सय र दुई मिटर स्प्रिन्टमा स्वर्ण जितिन्, यसले उनको प्रतिभा उजागर भएको छ। यसैले खेलकुद निकायले उनलाई विशेष अभ्यासको व्यवस्था मिलाएको खण्डमा आगामी साग गेममा उनले स्वर्ण र रजत नजितेपनि कास्य जितेर इतिहास रच्न सफल हुने प्रशिक्षकहरुको भनाई छ।

‘चोटका कारण ऊ एक महिना विश्राममा थिई। इटहरीको ट्रयाकको अवस्था पनि राम्रो थिएन्। यस्तो अवस्थामा पनि जुन समयमा ऊ दौडि, यसले उसको क्षमतालाई उजागर गरेको छ,’ एथलेटिक्सको मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत बहन गरिसकेका पूर्व ओलम्पियन पुष्पराज ओझा भन्छन्।

सातौंमा ४ वटा स्वर्ण जितेपछि कृष्णाको तारिफ चौतर्फी भइरहेको छ। तर, उनी एउटा कुरालाई लिएर फेरि असमञ्जसमा छिन्। त्यो के भने– साफको तयारीका लागि स्प्रिन्टमा बढि ध्यान दिने कि लङजम्पमा?

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • विभागीय टोलीको वर्चश्वमा सातौं राष्ट्रिय खेलकुद सकियो, कसले कति पदक पाए?

    विभागीय टोलीको वर्चश्वमा सातौं राष्ट्रिय खेलकुद सकियो, कसले कति पदक पाए?

    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार समापन भएको छ । प्रतियोगिताको आज सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीले विभिन्न कीर्तिमान राख्न सफल भएकामा खुसी व्यक्त गरे।

  • मध्यमाञ्चलका मदनकृष्ण र आर्मीकी मोनालीसालाई बुद्धिचालमा स्वर्ण

    मध्यमाञ्चलका मदनकृष्ण र आर्मीकी मोनालीसालाई बुद्धिचालमा स्वर्ण

    मध्यमाञ्चलका मदनकृष्ण कायस्थ तथा नेपाल आर्मी क्लबकी क्यान्डिडेट मास्टर मोनालीसा खम्बु सातौं राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचाल खेलमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्। शुक्रबार सम्पन्न नवौं चरणको खेलमा एपिएफ क्लबका सुमितसँग बराबरीको नतिजा हात पारेका मदनकृष्ण मध्यमाञ्चलकै अर्का प्रत्याशी रिजेन्द्र राजभण्डारीलाई हेडटुहेड रिजल्टका आधारमा पछि पार्दै २० औं राष्ट्रिय बुद्धिचाल च्याम्पियन समेत बनेका हुन्।

  • क्रिकेटमा आर्मीलाई ४९ रनले हराउँदै एपिएफले जित्यो स्वर्ण

    क्रिकेटमा आर्मीलाई ४९ रनले हराउँदै एपिएफले जित्यो स्वर्ण

    पूर्वाञ्चलमा जारी वृहत सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आज भएको खेलमा एपिएफले स्वर्ण पदक हात पारेको छ। मोरङको झापा बैजनाथपुरको खेल मैदानमा भएको फाइनल खेलमा एपिएफले आर्मीलाई ४९ रनले पराजित गरी स्वर्ण पदक हात पारेको हो।

  • आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिममा हुने

    आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलमा हुने भएको छ। पूर्वाञ्चलमा जारी सातौं संस्करणको समापन कार्यक्रममा मध्यपश्चिमाञ्चलाई केहीबेर पछि झण्डा हस्तान्तरण गर्ने कार्यक्रम छ।

  • आर्मीलाई हराउँदै एपिएफले जित्यो फुटबलमा स्वर्ण

    आर्मीलाई हराउँदै एपिएफले जित्यो फुटबलमा स्वर्ण

    पूर्वाञ्चलमा जारी सातौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत फुटबलमा एपिएफले स्वर्ण पदक जितेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा आर्मीलाई २-०ले हराउँदै फुटबलमा स्वर्ण जितेको हो।

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मुस्कान मिठो मिर्साको! मुस्कान मिठो मिर्साको!

    बिहान उठ्दा अन्नपूर्ण २ र ४ मुस्कराईरहेको थियो। करिब १५ मिनेटको बाटोमा रहेको भूमेथान(१६२० मि.) गयौ। जहाँबाट मिर्सा गाउ साह्रै सुन्दर देखियो। फर्किदा भेडी गोठ हुँदै गाउँ पुग्दा चिया र नास्ता तयार थियो। आमा समुहले बिदाई गर्नु भयो, हामी भने मिर्साको मिठो मुस्कान सम्झिदै ओरालो लाग्यौ।

    शुरेन्द्र राना

  • चक्मकाउँदै गरेको जैदी चक्मकाउँदै गरेको जैदी

    संसारले नयाँनयाँ आकार लिइरहेको बेला हाम्रा गाउँघरहरु किन अझँ पछि छन्, किन पछि पारिए? हाम्रा नेताहरुमा किन देश विकास गनुपर्छ भन्ने सोच पलाएन? आदि–आदि कुराले मलाई गाउँ पुग्दा पिरोल्छ। यस्ता अनेकन जिज्ञासा मलाई गाउँघरहरु डुल्दा हुन्छ। हाम्रा गाउँघरहरुलाई हामी बिर्सियौं भने, हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ। कारण, हामी सबैको अस्तित्व गाउँसँग जोडिएको छ भन्ने लाग्छ।

    आरके अदिप्त गिरी

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

साहित्यपाटी

  • शालिकहरुको उपत्यका शालिकहरुको उपत्यका

    गुँरासका रिफ्लेटहरु परेको मेरा आँखालाई
    सहरको श्मशानतिर डोहो¥याउँदा,
    आँखिभौंलाई घरको ढोकामा झुन्ड्याएर
    काँपेको अँगालाले मलाई बेस्सरी
    कसेकी थिइन् आमैले–
    शालिकहरुको उपत्यका किचकन्याहरुको हो भनेर,
    तर, मैले मानेन।

    दीलिप कुँवर

  • माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो

    ‘उसको अर्थात् यो मुसहरी टोलको अर्थात् उनीहरु जस्ता श्रमजीवीहरुको समस्या कसले हेर्छ त?’ घुरको धुवाँले पिरो हुँदै गएको आँखा मिच्दै ऊ फेरी पनि घोरियो–‘रोजी– रोटीको समस्या कसले टार्न सक्छ? नन्दन रायले वा माधोबाबुले वा शर्माजीले वा अरु? ’अहँ। फलाना थोक गर्छु, तिलाना थोक गर्छु भन्नेहरु नजितुञ्जेल मात्रै डिङ हाक्ने हुन्, जितिसकेपछि त उल्टो लोप्पा ख्वाँउछन्। माछो, माछो भ्यागुतो!

    इस्माली

  • दुध चिया दुध चिया

    कसैको  अलिकति गाली र नमिठो  वचन सहने क्षमता नभएको मलाई उसले सिधै मुर्ख भनिदिई। परिचय नै भएको छैन सिधै इडियट भन्छ, कस्ती केटी हो? सोचेर तलदेखि माथिसम्म उसलाई हेरें। सर्ट, पाइन्ट र कोट लगाएकी ऊ निकै भद्र देखिन्थी। 

    भानुभक्त

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट