बक्सिङमा नेपाली सेनालाई ५ स्वर्ण

  • Get News Alerts

tata

झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भइरहेको सातौं राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङ खेलमा बुधबार नेपाली सेनाले ५ स्वर्ण पदक जित्न सफल भएको छ। त्यसैगरी ३ स्वर्ण जित्दै सशस्त्र प्रहरीको एपीएफ क्लवले सेनालाई पछ्याइरहँदा मध्यमाञ्चल विकास क्षेत्रले एक स्वर्ण जितेको छ।

महिला लाइट फ्लाइवेट ४६–४८ केजी तौल समूहमा सेनाकी ललिता महर्जनले सशस्त्रकी दिवाना शर्मालाई अंकका आधारमा पराजित गर्दै बक्सिङको पहिलो स्वर्ण पदक जितिन्। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा ललिताले उत्कृष्ट लयमा रहँदै स्वर्ण पदक जित्न सफल भइन्। त्यसैगरी महिलाकै फ्लाइवेट ४८–५१ केजी तौल समूहमा एपीएफकी माला राईले स्वर्ण जितिन्। उनले सेनाकी गीता थापा मगरलाई अंकका आधारमा पराजित गरिन्। 
महिलाकै वेन्टम ५१–५४ केजी तौल समूहमा सेनाकी विमला श्रेष्ठले स्वर्ण जित्न सफल भइन्। उनले सशस्त्रकी प्रमिला पाण्डेलाई अंकका आधारमा पराजित गरिन्। महिला फेदरवेट ५४–५७ केजी तौल समूहमा सेनाकी निरु गुरुङले स्वर्ण जितिन्। फाइनलमा उनले एपीएफकी माया चौधरीलाई अंकका आधारमा पराजित गरिन्। महिला लाइटवेट ५७–६० केजी तौल समूहमा एपीएफकी सरस्वती राना मगरले सेनाकी सोनम राईलाई पराजित गर्दै स्वर्ण जित्न सफल भइन्। निक्कै प्रतिस्पर्धात्मक खेलमा सरस्वतीले अंकका आधारमा विजयी भइन्।

त्यसैगरी पुरुष लाइट फ्लाइटवेट ४९ केजीभन्दा माथिको तौल समूहमा मध्यमाञ्चल विकास क्षेत्रका सुशील थापाले स्वर्ण जिते। उनले फाइनलमा सेनाका सुभाष विकलाई अंकका आधारमा पराजित गरे। पुरुषकै ५२ केजी तौल समूहमा सेनाका प्रेम चौधरीले स्वर्ण जिते। उनले एपीएफका विक्रम परियारलाई अंकका आधारमा पराजित गर्न सफल भए।

पुरुषकै ५६ केजी तौल समूहमा एपीएफका पुरन राई विजयी भए। स्वर्णका लागि भएको खेलमा उनले सेनाका विमल रोकालाई अंकका आधारमा पराजित गरे। पुरुष लाइटवेट ६० केजी तौल समूहमा नेपाल प्रहरीका दिनेश श्रेष्ठले स्वर्ण पदक जिते। एपीएफका दिनेश चन्द घाइते भएर खेल त्यागेपछि श्रेष्ठले वाकओभरका आधारमा स्वर्ण पदक जितेका हुन्। पुरुषकै लाइट वेल्टर ६४ केजी तौल समूहमा सेनाका दीपक श्रेष्ठले विजय हासिल गरे। उनले प्रतिस्पर्धात्मक खेलमा नेपाल प्रहरीका भूपेन्द्र थापालाई अंकका आधारमा पराजित गरे।

भोलि महिलाको चार बाउट र पुरुषको ६९, ७५, ८१, ९१ र ९१ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ।

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • विभागीय टोलीको वर्चश्वमा सातौं राष्ट्रिय खेलकुद सकियो, कसले कति पदक पाए?

    विभागीय टोलीको वर्चश्वमा सातौं राष्ट्रिय खेलकुद सकियो, कसले कति पदक पाए?

    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार समापन भएको छ । प्रतियोगिताको आज सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीले विभिन्न कीर्तिमान राख्न सफल भएकामा खुसी व्यक्त गरे।

  • मध्यमाञ्चलका मदनकृष्ण र आर्मीकी मोनालीसालाई बुद्धिचालमा स्वर्ण

    मध्यमाञ्चलका मदनकृष्ण र आर्मीकी मोनालीसालाई बुद्धिचालमा स्वर्ण

    मध्यमाञ्चलका मदनकृष्ण कायस्थ तथा नेपाल आर्मी क्लबकी क्यान्डिडेट मास्टर मोनालीसा खम्बु सातौं राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचाल खेलमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्। शुक्रबार सम्पन्न नवौं चरणको खेलमा एपिएफ क्लबका सुमितसँग बराबरीको नतिजा हात पारेका मदनकृष्ण मध्यमाञ्चलकै अर्का प्रत्याशी रिजेन्द्र राजभण्डारीलाई हेडटुहेड रिजल्टका आधारमा पछि पार्दै २० औं राष्ट्रिय बुद्धिचाल च्याम्पियन समेत बनेका हुन्।

  • क्रिकेटमा आर्मीलाई ४९ रनले हराउँदै एपिएफले जित्यो स्वर्ण

    क्रिकेटमा आर्मीलाई ४९ रनले हराउँदै एपिएफले जित्यो स्वर्ण

    पूर्वाञ्चलमा जारी वृहत सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आज भएको खेलमा एपिएफले स्वर्ण पदक हात पारेको छ। मोरङको झापा बैजनाथपुरको खेल मैदानमा भएको फाइनल खेलमा एपिएफले आर्मीलाई ४९ रनले पराजित गरी स्वर्ण पदक हात पारेको हो।

  • आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिममा हुने

    आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलमा हुने भएको छ। पूर्वाञ्चलमा जारी सातौं संस्करणको समापन कार्यक्रममा मध्यपश्चिमाञ्चलाई केहीबेर पछि झण्डा हस्तान्तरण गर्ने कार्यक्रम छ।

  • आर्मीलाई हराउँदै एपिएफले जित्यो फुटबलमा स्वर्ण

    आर्मीलाई हराउँदै एपिएफले जित्यो फुटबलमा स्वर्ण

    पूर्वाञ्चलमा जारी सातौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत फुटबलमा एपिएफले स्वर्ण पदक जितेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा आर्मीलाई २-०ले हराउँदै फुटबलमा स्वर्ण जितेको हो।

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

  • माघीलाई मिलनको पर्व बनाउने कि फुटको? माघीलाई मिलनको पर्व बनाउने कि फुटको?

    माघीको मौकामा मालिकहरू गाउँमा गएर गरिब, सोझा अभिभावकलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारेर, वर्षको सिर्फ एकजोर कपडा दिएर वा एकदम न्यूनतम पैसा दिएर ५ देखि २० वर्ष सम्मका छोरीलाई आफ्नो घरायसी काम गर्नका लागि कमलरीको रूपमा लैजाने चलन थियो। कमलरीको नाउँमा हजारौं थारू चेलीवेटीहरूको विभिन्न तवरले शोषण हँुदै आएको छ। उनीहरू श्रम शोषण, यौन शोषणमा परी मानसिक पीडा भोग्दै विक्षिप्त अवस्थामा मालिकको घरमा नारकीय जीवन जिउन विवश छन्। कुनै न कुनै बहाना पारेर चेलीवटीलाई अझैसम्म कमलरी बनाउने काम हुँदै आएको छ। यसलाई रोक्न समाजका हरेक सचेत नागरिक लाग्नु जरुरी छ। साथै राज्य पक्षबाट यी सामाजिक विकृतिपूर्ण कुप्रथालाई हटाउनका लागि ठोस कार्यक्रम अगाडि ल्याउनु पर्दछ। तर उनीहरुले अझैसम्म कमलरी परिचय पत्र समेत पाएका छैनन्।

    शत्रुघन चौधरी

साहित्यपाटी

  • खाम भित्रको माया खाम भित्रको माया

    मैले भनें– म थाकेकी थिएँ, यसो पल्टेको भुसुक्कै निदाएछु । ‘तिमी बद्लियौ।’ ‘मेल्वर्नको मौसम जस्तै भयौ भन्न खोजेको कल्याण?’ ‘तिमी नजिस्क त मसँग।’ ‘हुन्छ, त्यसो भए अर्कोसँग जिस्किन्छु नि त।’

    निरु त्रिपाठी

  • कसको सिन्दूर? कसको सिन्दूर?

    गएको वैशाखमा गिरानचौरतिर बिहे भएको रहेछ मस्यौरीको। रामदाइ घर फर्किएको खबर सुनेर मामाघर राउतगाउँ जाने बहाना बनाएर आएकी रहिछन् यता।  हुनु–हुनामी भइसक्यो। रिसाएर अथवा रोएर अब केही हुनेवाला थिएन। 'के गछ्र्यौ त अब?' रामदाइले सोधे।  'तिमी जे भन्छौ, त्यही गर्छु... !' उनले आँसु पुछ्दै भनिन्। 'जान्छ्यौ त मसँग?' रामदाइले खिरिल्याएर सोधे। मस्यौरीले मुन्टो हल्लाइदिइन्।

    प्रोल्लास सिन्धुलीय

  • जुग्री जुलुस जुग्री जुलुस

    तराईमा औलो उन्मूलन भयो। पहाडबाट मान्छे ओइरिए। त्यसबेला दाङका फाँटमा धान झुलेका थिए। पहेलपुर तोरी फुलेका थिए। र, तिनकै रङमा भूमिपुत्र थारूका अबोध मन खुलेका थिए। पहेलपुर तोरीको फूलसित बाजी लाग्दै जुग्री–जग्गु प्रेमको कोपिला लागेको थियो। दाङ झरेका शासक खलकका अाँखा पहेलपुर फाँटमा परे। थारू र अक्षर, थारू र राज्यसत्ताबीच गोरु बेचेको साइनो पनि थिएन। त्यसैले ‘शासक खलक’लाई ती फाँट कब्जा गर्न कुनै आइतबार कुर्न परेन।सिङ्गो पञ्चायत नै तिनका भएपछि छिनभरमै सारा फाँट आफ्नो बनाए। हेर्दाहेर्दै पहाडबाट झरेका शासक खलक जति जिम्दार भए भने थारू भूमिहीन।

    नवीन विभास

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट