पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गत ह्यण्डबलको लिग चरणको खेल अन्तर्गत आर्मीविरूद्धको खेलमा रेफ्रीले गलत निर्णय गरेको भन्दै पश्चिमाञ्चलका खेलाडीले रेफ्रीमाथि हातपात गरेका छन्।
टंकीसिनुवरीस्थित मैदानमा भएको खेलमा पश्चिमाञ्चलका खेलाडीले आर्मीविरूद्धको खेलमा रेफ्रिको निर्णय चित्त नबुझे उजुरी दिनुको सट्टा भारतीय रेफ्रीमाथि नै हातपात गरेका हुन्।
प्रतियोगिताका लागि राष्ट्रिय ह्याण्डबल संघले दुई जना विदेशी रेफ्री मगाएको थियो। निर्णय चित्त नबुझे उजुरी गर्नुपर्नेमा आफूमाथि बदनियदपूर्ण व्यवहार गरेको भन्दै पश्चिमाञ्चलका खेलाडी रेफ्रीमाथि जाइलागेका हुन्।