अँध्यारोका कारण हक्की स्थगित

  • Get News Alerts

united
tata

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल बीचको खेल अँध्यारोका कारण स्थगन भएको छ।

निर्धारित ७० मिनेटका समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि १५ मिनेट थप्ने निर्णय गरिएको पनि दुवै टोलीका खेलाडीले अँध्यारोमा खेल्न नमानेपछि खेल स्थगन गरिएको थियो। साँझ ४ बजेपछि मात्र उक्त खेल सुरु हुन लागेको थियो। “खराब प्रकाशका कारण खेल स्थगन गरिएको हो,” हक्की प्रशिक्षक राजेन्द्र पाठकले भने। उक्त खेल आज पुनः सुरुदेखि खेलाइने छ। उक्त खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ। यसअघि नेपाली सेना फाइनलमा प्रवेश गरिसकेको छ। सेनाले मध्यपश्चिमाञ्चललाई पराजित गरेको थियो।

यस्तै महिला हक्कीतर्फ आजको खेलमा राउन्ड रोबिन लिगमा सुदूरपश्चिमाञ्चलले सेनालाई १–० गोलअन्तरले हरायो। जितसँगै सुदूरपश्चिमाञ्चल ६ अङ्कसहित शीर्षस्थानमा छ। आज सुप, पश्चिमाञ्चलसँग तथा सेना पूर्वाञ्चलसँग खेल्नेछन्। महिलातर्फ सुदूरपश्चिमले तीन खेलमा पूरै जित हासिल गरेको छ। आजको खेल जितेमा उसले स्वर्ण जित्नेछ।

पुरुष फुटबल

पुरुष फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ। धरानमा सम्पन्न खेलमा मङ्गलबार समूह ‘ख’मा रहेका सेना र सशस्त्र प्रहरीले गोलरहित बराबरी खेल्दै सेमीफाइनल प्रवेश गरेपछि समीकरण पूरा भएको हो।

समूह ‘ख’बाट सेनाले ७ अङ्कसहित समूह विजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरेको छ पाँच अङ्क जोडेको सशस्त्र प्रहरी समूहको उपविजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको छ।
यस्तै समूह ‘क’को विजेता हुँदै नेपाल प्रहरी तथा मध्यमाञ्चल उपविजेताका रुपमा यसअघि सेमीफाइनल पुगिसकेका छन् । प्रहरीले आज सशस्त्र प्रहरीसँग तथा सेनाले मध्यमाञ्चलसँग सेमिफाइनल खेल्नेछन् ।

तेक्वान्दो

मङ्गलबार सम्पन्न पुरुषतर्फको तेक्वान्दोमा ८७ किलो तौलमा सेनाका रामहरि महतले मध्यमाञ्चलका पूर्णसिंह गुरुङलाई हराएर स्वर्ण जिते। उक्त स्पर्धामा पूर्वाञ्चलका श्यामकुमार घिसिङ र सशस्त्रका गोपाल पुतुवारले कास्य पदक हात पारे।

यस्तै ५७ किलो तौलमा सेनाका ज्ञानी चुनाराले स्वर्ण पदक हात पारे।मध्यमाञ्चलका करुणा थापाले रजत तथा मध्यपश्चिमाञ्चलका सपना सारु मगर र सीता तामाङले कास्य पदक जिते।

यसैगरी महिला ५३ किलो तौलमा सुदूरपश्चिमकी गीता विष्टलाई हराएर प्रहरीका निमा गुरुङले स्वर्ण पदक जितिन् । मध्यमाञ्चलका रेश्मा थापा मगर र पश्चिमाञ्चलका होमकुमारी गुरुङले भने कास्य पदक जितिन्। बैसठ्ठी किलो तौलमा सशस्त्रकी सङ्गीता बस्यालले स्वर्ण, पूर्वाञ्चलकी सुष्मा श्रेष्ठले रजत तथा मध्यपश्चिमाञ्चलका प्रतिभा थारू र पश्चिमाञ्चलका एलिसा केसीले कास्य पदक जिते। रासस

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • विभागीय टोलीको वर्चश्वमा सातौं राष्ट्रिय खेलकुद सकियो, कसले कति पदक पाए?

    विभागीय टोलीको वर्चश्वमा सातौं राष्ट्रिय खेलकुद सकियो, कसले कति पदक पाए?

    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार समापन भएको छ । प्रतियोगिताको आज सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीले विभिन्न कीर्तिमान राख्न सफल भएकामा खुसी व्यक्त गरे।

  • मध्यमाञ्चलका मदनकृष्ण र आर्मीकी मोनालीसालाई बुद्धिचालमा स्वर्ण

    मध्यमाञ्चलका मदनकृष्ण र आर्मीकी मोनालीसालाई बुद्धिचालमा स्वर्ण

    मध्यमाञ्चलका मदनकृष्ण कायस्थ तथा नेपाल आर्मी क्लबकी क्यान्डिडेट मास्टर मोनालीसा खम्बु सातौं राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचाल खेलमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्। शुक्रबार सम्पन्न नवौं चरणको खेलमा एपिएफ क्लबका सुमितसँग बराबरीको नतिजा हात पारेका मदनकृष्ण मध्यमाञ्चलकै अर्का प्रत्याशी रिजेन्द्र राजभण्डारीलाई हेडटुहेड रिजल्टका आधारमा पछि पार्दै २० औं राष्ट्रिय बुद्धिचाल च्याम्पियन समेत बनेका हुन्।

  • क्रिकेटमा आर्मीलाई ४९ रनले हराउँदै एपिएफले जित्यो स्वर्ण

    क्रिकेटमा आर्मीलाई ४९ रनले हराउँदै एपिएफले जित्यो स्वर्ण

    पूर्वाञ्चलमा जारी वृहत सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आज भएको खेलमा एपिएफले स्वर्ण पदक हात पारेको छ। मोरङको झापा बैजनाथपुरको खेल मैदानमा भएको फाइनल खेलमा एपिएफले आर्मीलाई ४९ रनले पराजित गरी स्वर्ण पदक हात पारेको हो।

  • आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिममा हुने

    आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलमा हुने भएको छ। पूर्वाञ्चलमा जारी सातौं संस्करणको समापन कार्यक्रममा मध्यपश्चिमाञ्चलाई केहीबेर पछि झण्डा हस्तान्तरण गर्ने कार्यक्रम छ।

  • आर्मीलाई हराउँदै एपिएफले जित्यो फुटबलमा स्वर्ण

    आर्मीलाई हराउँदै एपिएफले जित्यो फुटबलमा स्वर्ण

    पूर्वाञ्चलमा जारी सातौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत फुटबलमा एपिएफले स्वर्ण पदक जितेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा आर्मीलाई २-०ले हराउँदै फुटबलमा स्वर्ण जितेको हो।

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा

    नेपाली फोटोपत्रकारिता भनेजस्तै विकास र उन्नति नहुनुमा नेपाली फोटो पत्रकारहरुले जति सुन्दर तस्बिर कैद गर्छन् त्यस्तै अनुरुपमा फोटो क्याप्सन (फोटो विवरण) नलेखेर हो। उनीहरुलाई लाग्छ कि लेख्नु भनेको लेखक पत्रकारहरुको काम हो। त्यसैले त्यो लेखाइ गलत भैदिन्छ जब क्याप्सन लेखकले फोटोपत्रकारको नजरले हेर्न सक्दैन।

    दीपेन्द्र बज्राचार्य

  • काठमाडौंमा म कसलाई मतदान गरौं काठमाडौंमा म कसलाई मतदान गरौं

    काठमाडौं! आफैं भित्र के छ? अवस्य नै धेरै छ। काठमाडौं मेरो लागि धेरै हो। यसलार्इ राम्रो बनाउन प्रतिज्ञा गर्ने र परिवर्तनका सम्वाहक बन्न खोज्ने मानिसहरूका लागि पनि यही नै सत्य हो, कुनै पनि व्यक्तिका लागि उसको नाम नै सबैथोक हो। काठमाडौंका लागि त्यो अझ बढी हो। तपाईँ आफूलार्इ विवेकशिल वा एमाले, काँग्रेस, माओवादी, साझा, हाम्रो यो वा त्यो अन्य दर्जनौं नामले पुकार्नुहोस्, के तपाईँको काठमाडौं वास्तवमै मेरो भन्दा फरक छ? तिनीहरू भन्छन् कि युवाहरू तेज, लचिलो र दिन चाहने हुन्छन्। तर नेपालका नयाँ राजनीतिक पार्टीहरूलार्इ के भएको छ, मलार्इ थाहा छैन । कुनै पनि नयाँ राजनीतिक पार्टीसँग जित्नका लागि चाहिने कोष, युवाहरूको सहयोग, अनुभव जस्ता सबै कुराहरू पर्याप्त छैनन्। के हामी सबै मिलेर एउटा समूह बनाउन सक्तैनौं जहाँ हामीसँग पर्याप्त कोष, कार्यान्वयन गर्न सक्ने युवाशक्ति र बौद्धिक वार्ताकारले भरिपूर्ण रहुन् अनि त्यहाँ उत्कृष्ठताका लागि फरक हुन सक्छ।

    सुमना श्रेष्ठ

  • फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि? फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि?

    यसको अर्थ यो नमानौं कि आमाको फोटो फेसबुकमा राख्न पनि नपाउने? पक्कै पनि पाउने। तर आफूले आमालाई कतिको माया गर्छु, बिरामी पर्दा कतिको हेरचाह गर्छु, बृद्ध अवस्थामा कतिको माया र स्नेह गरेँ, आमालाई मिठो मसिनो खान दिएँ कि दिईन लगायतका कुराहरु ख्याल गरेका छौं? एकपटक स्मरण गरौं, हामीमध्ये कतिले फेसबुकमा धेरै खाले ‘क्याप्सन’ सहित तस्बिर राखेका आमाहरु कति बृद्धाश्रममा होलान्, कति खान नपाएर रत्नपार्कमा हात फैलाउन बाध्य होलान्, कति उपचार खर्च नभएर अस्पतालमा जीवन र मृत्युको दोँसाधमा लडिरहेका होलान्।

    गोबिन्द मरासिनी

साहित्यपाटी

  • सारङ्गी सारङ्गी

    तुरुन्तै चारजना पुलिस कोठाको अगाडि आए। साथमा अघि सानले बयान लिने पुलिस पनि थियो। एकजना पुलिसको हातमा एउटा कन्तुरजस्तो बट्टा थियो। अर्कोले कोठाको ताल्चा खोल्यो। चारैजना भित्र पसेर ढोकामा चुकुल चढाए। अघि सान गर्ने पुलिसले अवसुको कुममा हात राखेर हल्लायो। अवसु मडारिन छोड्यो। आँखा खोल्यो र हइ ई... भनेर भयानक आवाज निकाल्यो। उसको अनुहार कालभैरवको जस्तै लाग्यो क्यारे तिनलाई। झ्सक्क झ्स्के।

    भुवनहरि सिग्देल

  • यो कविता मैले लेखेको होइन ... यो कविता मैले लेखेको होइन ...

    यदि मैले चाहँदा कविता लेख्न सक्ने भए त म हरेक दिन कति धेरै कविता लेख्दो हुँ! हृदयमा नापेर नसकिने खालिपन छ, त्यो ठाउँ कविताले भर्दो हुँ। बाँचेर नसकेको विपना र बाँच्न नसकेको सपना लेख्न मन छ, त्यो लेख्दो हुँ। तर, कविता त उसले लेखाउने रहेछ, जसले मेरो हुनु लेख्यो। हुनुजत्तिको सुन्दर कविता अरु के नै होला र?

    नवराज पराजुली

  • भोकको रामायण - ५ भोकको रामायण - ५

    कसैले भन्न सक्छ
    प्रेम
    शान्ति
    एकता
    भ्रातृत्व
    सहअस्तित्वबाहेक
    यो विश्वमा सबैभन्दा
    उच्चारण हुने शब्द के हो?

    त्यो हो भोक!

    रामगोपाल आशुतोष

पाठक विचार

  • किशोर थापाजीलाई खुलापत्र

    राजनितिमा भर्खर प्रवेश गरेकी रन्जुलाई मेयर पदमा निर्वाचित गराएर उनीलाई मार्गदर्शन गर्ने भूमिकामा तपाई रहनु भयो भने निश्चय नै नेपालको राजनैतिक इतिहासमा यो एउटा नयाँ प्रयोग हुनेछ। अरुले पनि यसबाट पाठ सिक्ने छन्। नयाँ पुस्तालाई राजनितिमा स्थान दिन यो कोशेढुंगा साबित हुनेछ। मलाई के पनि विश्वास छ भने वैकल्पिक राजनैतिक शक्ति खोजिरहेका काठमाण्डौबासीहरुले तपाईहरुलाई अवश्य विजय गराउने छन्।

    डा. शैलेन्द्र सिग्देल

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट