सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धरान १७ को एन्फा टेक्निकल खेल मैदानमा आज भएको नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफ विभागीय टोलीबीच भएको खेलमा गोलरहित बन्दा अङ्क तालिकाको आधारमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।
खेल अवधिमा २ मा जित तथा एकमा बराबरीसहित सेनाले ७ अङ्ककासाथ सेमिफाइनल प्रवेश गरेकाहुन् ।
त्यस्तै आजको बराबरीसँगै सशस्त्र प्रहरी टोलीले पनि सेमिफाइनल प्रवेश गरेको छ । एकमा जित तथा दुईमा बराबरी खेलेको सशस्त्र प्रहरीले ५ अङ्कका साथ सेमिफाइनल पुग्ने अवसर पाएको छ ।
यअसघि सोमबार नै नेपाल प्रहरी र मध्यमाञ्चल टिम सेमिफाइन प्रवेश गरिसकेका छन् । सेमिफाइनलका खेल बुधबार हुनेछ ।