झापाको दमकमा आज सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको आइटिएफ तेक्वान्दो खेलमा नेपाली सेनाको टोलीले १६ स्वर्ण पदक जितेका छन्। सोसहित सेनाले चार रजत र दुई कास्य जित्न सफल भएका छन्।
मध्यमाञ्चलले तीन स्वर्ण, छ रजत र सात कास्य पदक हात पारेका छन् भने सशस्त्र प्रहरीको एफिएफले तीन स्वर्ण, तीन रजत र एक कास्य जित्न सफल भएका छन्।
यसैगरी पूर्वाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य तथा पश्चिमाञ्चलले दुई स्वर्ण, १० रजत र छ कास्य पदक प्राप्त गरेका छन्।
चार दिनअघि दमकमा सुरु भएको खेलमा मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलले भने स्वर्ण पदक हात पार्न सकेनन्। मध्यपश्चिमाञ्चलले दुई रजत र चार कास्य पदक तथा सुदूरपश्चिमाञ्चलले कुनै समूहमा रजत हात पार्न नसके पनि छ कास्य पदक भने प्राप्त गरेका छन्।
आज भएको खेलमा पुरुष स्पाईरिंग तर्फ ६६ देखि ७० किलो तौल समूहमा मध्यमाञ्चलका हनक सुब्बाले स्वर्ण, सेनाका लिलाधर बस्नतेले रजत र मध्यपश्चिमाञ्चलका रोशन रैदास तथा पश्चिमाञ्चलका दानकुमार सारु मगरले कास्य पदक प्राप्त गरेका छन्। त्यस्तै ७१ देखि ७५ किलो तौलमा सशस्त्रका हर्कलाल राजबंशी स्वर्ण, सेनाका भीमबहादुर बस्नेत रजत र पश्चिमाञ्चलका शिव जिसी तथा पूर्वाञ्चलका सदिया तामाङ कास्य पदक हात पारेका छन्। ७६ देखि ८० तौल समूहमा सेनाका विजय सुनुवार स्वर्ण, एपिएफका कृष्ण थापा रजत र मध्यमाञ्चलका असिम गोवा तथा सुदूरपश्चिमाञ्चलका अनिल नेपाली कास्य पदक हात पारेका छन्।
त्यसैगरी ८१ देखि ८५ किलो तौल समूहमा पश्चिमाञ्चलका साजन पश्चभैया स्वर्ण, एपिएफका लवबहादुर ऐरी रजत र मध्यमाञ्चलका शेरबहादुर मगार तथा सेनाका प्रमोद शाहुले कास्य पदक प्राप्त गरेका छन् भने ८४ किलोमाथि तौल समूहमा सेनाका चाउची डंगोल स्वर्ण, पश्चिमाञ्चलका सुदिप आचार्य रजत र सुदूरपश्चिमाञ्चलका सुमित सुनुवार कास्य पदक हात पारेका छन्।
यसैगरी ग्रुप प्याटनतर्फको पुरुष खेलमा सेनाले स्वर्ण र मध्यमाञ्चलले रजत हात पारें भने महिलातर्फ मध्यमाञ्चलले स्वर्ण तथा सेनाले रजत हात पारें।