पश्चिमाञ्चलद्वारा पूर्वाञ्चल ४ रनले पराजित

चुनाव
  • Get News Alerts

tata

पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले पूर्वाञ्चललाई हराएको छ। टस जितेर पहिले व्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १४३ रन बनायो। उसका लागि कृष्णा कार्कीले नटआउट ५५ रन बनाए। मात्र २४ बल खेलेका उनले ५ छक्का र ३ चौका प्रहार गरेका थिए। यस्तै पश्चिमाञ्चलका लागि अन्तिम थापाले ४४ रन जोडे। पूर्वाञ्चलका लागि सन्दिप ढुंगानले २ तथा फिरोस अन्सारी र विवेक यादवले १-१ विकेट लिए।

१४४ रनको जवाफी ब्याटिङमा उत्रिएको पूर्वाञ्चल १९.३ ओभरमा अलआउट हुँदै १३८ रनमा समेटियो। उसका लागि मेहबुब आलमले सर्वाधिक ४७ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन।

पश्चिमाञ्चलका अमृत गुरूङ, धिरज साही, साह अलाम र लाल अधिकारीले २-२ विकेट लिए।

आजको जितसँगै समूह बि मा रहेको पश्चिमाञ्चल ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। समूहमा समान ४ अंक भएपनि एक खेल कम खेलेको नेपाल पुलिस रन रेटका आधारमा शीर्ष स्थानमा छ। पराजित पूर्वाञ्चल समूहका सबै तीन खेल खेल्दै पुछारमा छ।

यस्तै समूह एमा एपिएफ र आर्मीको समान ४-४ अंकसहित क्रमशः शीर्ष दुई स्थानमा छन्। भोलि समूहको अन्ति खेलमा पुलिसले मध्यमाञ्चलसँग प्रतिश्पर्धा गर्ने छ भने अर्को खेलमा एपिएफ र आर्मी भिड्नेछन्।

यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिमलाई ७ विकेटले हराउँदै मध्यपश्चिमाञ्चलले पहिलो जित दर्ता गर्‍यो।

 

 

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • छायाँ छार्का छायाँ छार्का

    कुनै किचकन्नीको फेला परेजस्तो डर लागेर आयो। के उसका पैताला उल्टा परेका थिए? प्रश्न उब्ज्यो। गौर गरेर सम्झन खोजेँ। अहँ सकिनँ। उसको अनुहारको आकार झलझली सम्झनामा आयो। पुष्ट अपुष्ट सम्झनामा उसका दुई थान नरम स्तनहरूको स्पर्शीय आकार सम्झनामा आयो। रौँविहीन उसको योनिको पनि सम्झना आयो। उसको अर्धचन्द्राकार नाइटो, डोलमडोल गर्धन, पातला ओठ, चिम्सी आँखा, भुक्के गाला...। शरीरका सबका सब अङ्गहरूको सम्झना आयो तर उसको पैतालाको सम्झना आएन। उसको पैताला कता फर्केको थियो? कतिवटा औँला थिए? नङ कत्रा थिए?

    गनेश पौडेल

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट