पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गत टेबल टेनिसको क्वार्टर फाइनलमा जुनियर नम्बर वान नेपाल प्रहरीका स्यान्टु श्रेष्ठसँग नेपाल नम्बर वान एपिएफका दीप साउद स्तब्ध भएका छन्। एक घन्टा लामो खेलमा श्रेष्टले ३-२ सेटमा साउदलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन्।
यस्तै नेपाल आर्मीका जुनियर खेलाडी मणि लामाले नेपाल नम्बर दुई एपिएफकै पुरूषोत्तम बज्राचार्यलाई सोझो सेटमा हराएका छन्। उनले ३-२ सेटमै बज्राचार्यलाई हराएका हुन्।