पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटलाई मौसमले प्रभाव पारेको छ। विराटनगरस्थित वैजनाथपुर क्रिकेट मैदानमा बाक्लो कुहिरो लागेपछि खेल १५ ओभरमा छोट्याइएको खेलमा मध्यपश्चिमले पहिलो जित दर्ता गरेको छ।
मंगलबार भएको पहिलो खेलमा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई ७ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १५ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाएर ९२ रन बनायो। सुदूरपश्चिमका लागि दिनेश आग्रीले ३५ रन बनाएका थिए।
९३ रनको जवाफी व्याटिङमा उत्रिएको मध्यपश्चिमाञ्चलले १३ बल बाँकी छँदै लक्ष्य भेट्टायो। उसका प्रनित थापाले ५६ रनको अर्धशतकीय पारी खेले।
३७ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै अनुपम सिंहले १६ जोडे।
सुदूरपश्चिमका आग्रीले २ तथा रोशन नेपालीले १ विकेट लिए।