सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मेची रङ्गशालामा सोमबार राति सम्पन्न बक्सिङमा नेपाली सेनाले वर्चस्व कायमै राखेको छ।
सेनाका पाँच खेलाडी फाइनल पुगेका छन् भने विभागीय टिम सशस्त्र प्रहरीका चार, नेपाल प्रहरीका दुई तथा मध्यमाञ्चलका एक खेलाडी स्वर्ण पदक नजिक पुगेका छन्।
पुरुष तथा महिलातर्फ ४९ किलोदेखि ६० किलो तौलमा छ वटा स्पर्धामा सेनाका खेलाडी फाइनलमा प्रवेश गरेका छन्। पुरुषतर्फ सुभाष विक, प्रेम चौधरी, विमल रोक्का तथा महिलातर्फ ललिता मर्हजन, गीता थापामगर र विमला श्रेष्ठ फाइनल पुगेका छन्।
यस्तै विभागीय टिम सशस्त्र प्रहरीबाट पुरुषतर्फ विक्रम परियार र पुरन राई तथा महिलातर्फ माला राई र प्रमिला पाण्डे स्वर्ण पदकका लागि आज भिड्ने छन्। यसैगरी नेपाल प्रहरीका देवान शर्मा र दिनेश श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन्। मध्यमाञ्चलका सुशील थापाले समेत फाइनलमा स्थान बनाएका छन्।
विवादपछि पुरुष ६० किलोतौलको खेल स्थगित गरिएको छ। पूर्वाञ्चलका विराज राई र सशस्त्र प्रहरीका दिनेश चन्दबीच भएको खेलमा विवाद भएको थियो। सशस्त्रका चन्द विजयी भए पनि पूर्वाञ्चलका प्रशिक्षकले सो निर्णयको विरोध गरेपछि खेल स्थगित गरिएको बताइएको छ। रासस