सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न खो खोतर्फको फाइनल खेलमा विभागीय टोली नेपाली सेनाले स्वर्ण पदक जितेको छ।
सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा आज सम्पन्न भएको खो खो खेलमा सेनाले महिला तथा पुरुष दुवै प्रतिस्पर्धामा प्रथम हुँदै स्वर्ण पदक हात पारेको हो।
पुरुषतर्फको फाइनलमा नेपाली सेनाले मध्यमाञ्चललाई पराजित गरेको हो।
सेनाले एक पाली बाँकी छँदै मध्यमाञ्चललाई ६ का विरुद्ध १० को स्कोरमा पराजित गरी स्वर्ण जितेको हो। मध्यमाञ्चलले रजतमा चित्त बुझाउँदा काश्य पदक भने सुदूरपश्चिमाञ्चलले हात पारेको छ। त्यसैगरी आजै सम्पन्न महिलातर्फको खो खो खेलको फाइनलमा आर्मीसँग पराजित हुँदै मध्यपश्चिमाञ्चलले रजत पदक प्राप्त गरेको छ।
महिला खोखोको काश्य पदक भने सुदूरपश्चिमाञ्चलले जितेको छ।