नेपाल पुलिसकी केशरी चौधरीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातरा दोहोरो स्वर्ण जितेकी छिन्। महिला लङ जम्पमा आइतबार स्वर्ण जित्दै उनले पुलिसका लागि दोहोरो स्वर्ण जितेकी हुन्।
शनिबार उनले हाइजम्पमा स्वर्ण जितेकी थिइन्।
आइतबार इटहरीमा भएको लङ जम्पमा केशरीले ५ दशमलब ९ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् । रजत पदक जितेकी सशस्त्रकी कृष्ण चौधरीले ४ दशमलब ९४ मिटर जम्प गरिन् । र सशस्त्रकी लिसा चौधरीले कास्य पदक हात पारिन् ।
लङ जम्पको पुरुषतर्फ भने आर्मीका डिल्ली खत्रीले स्वर्ण हात पारे । नेपाल प्रहरीका गोपाल चौधरीलाई पछि पार्दै खत्रीले ६ दशमलब ९१ मिटर जम्प गरे । त्यस्तै रजत पदक विजेता गोपालले ६ दशमलब ५९ मिटर र कास्य पदक विजेता नेपाल प्रहरीकै चन्द्रदेब जोशीले ६ दशमलब ३८ मिटर जम्प गरेका थिए ।
त्यस्तै ज्याभलिङ्ग थ्रो आर्मीका रामबहादुर कुमालले स्वर्ण जितेका छन् । इटहरी रङ्गशालामा भएको खेलमा उनले ५६ दशमलब ८८ मिटरको रेर्कड कायम गरे । ज्याभलिङ्ग थ्रोमा नेपाल प्रहरीका नरेन्द्र जङ्ग साहले हात पारे । उनले ५३ दशमलब ४० मिटर थ्रो फाले । कास्य भने सशस्त्रका प्रेमबहादुर खड्कामा नाममा रह्यो । उनले ५१ दशमलब ६७ मिटर थ्रो गरे ।