चन्द्रकलाको एकै वर्ष तीनवटा राष्ट्रिय कीर्तिमान
नेपाल प्रहरीकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमानसहित महिला सटपुटमा स्वर्ण जितेकी छिन्। उनी सातौं बृहत राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाउने पहिलो खेलाडी पनि बन्न सफल भएकी छिन्।
कमजोर पूर्वाधारका कारण एथलेटिक्सतर्फ कुनै कीर्तिमान बन्न नसक्ने अडकल लगाइरहेको बेला २३ वर्षीय लामगादेले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। उनले इटहरी रंगशालामा शनिवार सटपुटतर्फ ११ दशमलव ५६ मिटर लामो राष्ट्रिय कीर्तिमान बनाउदै स्वर्ण जित्न सफल भएकी हुन्।
उनले यसै वर्ष भारतको आसाम र गुवाहाटीमा आयोजना भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा ११ दशमलव ४ मिटरको कीर्तिमान बनाएकी हुन्। १२ औं सागका लागि भएको तयारीमा उनले १० दशमलव ८२ मिटरको नयाँ कीर्तिमान बनाएकी थिइन्। त्यतिबेला उनले मञ्जु श्रेष्ठको २९ वर्ष लामो कीर्तिमान भंग गरेकी थिइन्। मञ्जुले सन् १९८७ मा मस्कोमा भएको प्रतियोगितामा १० दशमलव ६९ को राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
‘यो वर्ष मेरो लागि विशेष भयो। एकै वर्ष मैले तीन पल्ट राष्ट्रिय कीर्तिमानमा सुधार गरे,’ सातौंमा पहिलो कीर्तिमान तोड्ने खेलाडी बनेपछि ताप्लेजुङ निवासी नेपाल प्रहरीकी यि खेलाडीले भनिन्।
तीन वर्षअघि नेपाल प्रहरीमा जागिर खान जाँदा चन्द्रकला फुटबल खेलाडी थिइन्। उनले दुई वर्षभित्र नै यो उपलब्धि चुमेकी हुन्। उनी आफ्नो आगामी लक्ष्य नेपालमा आयोजना हुने तेह्रो सागमा मेडल जित्ने रहेको बताउछिन्।
साग क्षेत्रमा सटपुटमा सबैभन्दा बलियो देश भारत मानिन्छ। चन्द्रकलाका गुरु नरबहादुर शाही १४ मिटरको लक्ष्यलाई भेटाएको खण्डमा उनले सागमा पनि पदक जित्ने दावी गर्छन्।
सेपाकताक्रोको रेगोमा आर्मी र पश्चिमाञ्चल फाइनलमा
विभागीय टोली नेपाली सेना र पश्चिमाञ्चल सेपाकताक्रोको पुरुष रेगु इभेन्टमा फाइलनमा पुगेका छन् ।सेमिफाइलनमा आर्मीले सुदुरपश्चिमाञ्चललाई २१–९ र २१–१७ ले पराजित गर्दै फाइनल पुग्यो ।
अर्को सेमिफाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २१–१४ र २१–१६ ले हराउदै आर्मीसंग फाइनल भेट पक्का ग¥यो ।
महिलामा सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले समान ६–६ अंक जोडेका छन् । पश्चिमाञ्चल र पूर्वाञ्चलले २–२ अङ्क जोडे ।
सुनसरीको धरानस्थित डिपो उच्चमाविमा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार डब्बल र सोमबार टिम इभेन्टका खेलहरु हुने छन् । पुरुषमा विभागीय टोली आर्मीसहित ६ वटा टिम सहभागी छन् । महिलामा ५ विकास क्षेत्रले भाग लिएको छ ।
कराँते
सशस्त्र प्रहरी बल (एपिएफ)का पर्शुराम बाँस्तोलाले पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदमा लगातार तीन पटक स्वर्ण प्राप्त गर्न सफल भएका छन्। विराटनगरस्थित सहिद रङ्गशालामा भएको कराते प्रतियोगिताको पुरुष एकल कातामा बाँस्तोलाले नेपाली सेनाका डम्बरबहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।
उनले काठमाडौंमा भएको पाँचौ र धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक प्राप्त गरेका थिए। प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले कास्य पदक प्राप्त गरे।
यस्तै, महिलातर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई पाखा लगाउँदै स्वर्ण पदक जितिन्। सशस्त्रका सरिता श्रेष्ठ र सुदूरपश्चिमका वर्षा साउदले कास्य पदक प्राप्त गरे।
जुडोमा ९ स्वर्ण
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत झापामा सञ्चालन हुने पाँच वटा खेल शनिवारदेखि सूरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको सहकार्यमा झापामा शनिवारदेखि बक्सिङ, आइटीएफ तेक्वादो, व्याटमिन्टन, जुडो र जिम्न्यास्टिक खेल सुरु भएको हो ।
प्रतियोगिता अन्तरगत झापाको धुलावारीमा सम्पन्न जुडो खेलमा विभिन्न उमेर समूहका ४ महिला सहित ९ वटा स्वर्ण प्राप्त गरेका छन् । शुव्रmवार सम्पन्न खेलमा ९ जनाले स्वण्र्ढा जितेका हुन् ।
४८ केजी समूह महिलातर्फ नेपाल आर्मीकी रिता चौधरी, ५७ केजीतर्फ नेपाल आर्मीकै मनिता श्रेष्ठ प्रधान, ७० केजीतर्फ मध्यामञ्चलकी सुनिता मगर, ७८ केजीतर्फ सुदुर पश्चिमकी सुनिता बोहोराले स्वर्ण जित्न सफल भएकी छिन् ।
यसैगरी ४८ केजी महिलातर्फ मध्यपश्चिमकी सारदा खत्री, ५७ केजीतर्फ मध्यमाञ्चलकी शर्मिला तामाङ, ७० केजीतर्फ मध्यमाञ्चलकी सम्झना चौधरी र ७८ केजीतर्फ नेपाल आर्मीकी आकृति जोशीले रजत जितेका छन् ।
यसैगरी ४५ केजी पुरुष समूहतर्फ नेपाल आर्मीका सुबोद मण्डल, ५५ केजीतर्फ मध्यमाध्याञ्चलका किरण कडेल, ६६ केजीतर्फ मध्याञ्चलका इन्द्रहादुर श्रेष्ठ, ५१ केजीतर्फ मध्यामञ्चलका मोहन सुनुवार, १०० केजीतर्फ मध्यमाञ्चलका रविन श्रेष्ठले स्वर्ण जितेका छन् ।
यसैगरी, ५५ केजीतर्फ नेपाल आर्मीका कर्म तामाङ, ६६ केजीतर्फ नेपाल पुलिसका टिकाराम चौधरी, ५१ केजीतर्फ नेपाल पुलिसका सन्तोष सुनार, १०० केजी उमेर समूहमा नेपाल आम्रीका शिवबहादुर बरामले रजत पदक प्राप्त गरेका छन् । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट र पूर्व खेलकुद मन्त्री पुरुषोतम पौडेलले गरेका थिए । आइतवार ५५ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
आईटीएफ तेक्वान्दो
आईटीएएफ तेक्वान्दोका खेल दमकमा शुरु भएको छ । प्रतियोगीता अन्तर्गत पहिलो दिन ४०–४५ केजी उमेर समूहमा महिला तर्फ नेपाल आर्मीकी निस्मा बस्याल पहिलो भईन् । यस्तै पश्चिमाञ्चलकी रीता अधिकारीले दोश्रो स्थान हाँसिल गरेको आईटीएफ तेक्वान्दो संघ नेपालका उपाध्यक्ष बिजय श्रेष्ठले जानकारी दिए ।
महिला फुटबलको उपाधि सशस्त्रलाई
आज महिला फुटबलको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै स्वर्ण पदकमा कब्जा गरेको छ ।
सुनसरीको दुहबीस्थित टेलिकमको खेलमैदानमा आज भएको फाइनलमा दुवै विभागीय टोली निर्धारित समयभित्र गोल गर्न असफल भएका थिए ।
सुटिङ
सातौं राष्ट्रिय खेलकुदअन्तर्गत आजदेखि शुटिङ खेल सुरु भएको छ ।
बैजनाथपुरमा आज भएको महिला पेस्तोलमा नेपाल आर्मीका हेमा चौधरी ३४९ अङ्क ल्याएर प्रथम भइन्। त्यस्तै नेपाल प्रहरीका सविता बस्नेत ३४८ अङक ल्याएर द्वितीय र पूर्वाञ्चलका कमला राई ३१९ अङ्क ल्याएर तृतीय हुन सफल भइन्।
त्यस्तै, आजै भएको महिला राइफलतर्फ ३४४ अङक ल्याएर मध्यपश्चिमाञ्चलका शान्ति विष्ट प्रथम हुन सफल भए। त्यस्तै, तीन सय ३९ अङ्क ल्याएर नेपाल पुलिसका बीना परियार द्वितीय र पूर्वाञ्चलका अमिता श्रेष्ठ २ सय ८६ अङ्क ल्याएर तृतीय भए।
कबड्डी
महिला तथा पुरुष कबड्डी प्रतियोगिताअन्तर्गत आज महिलातर्फ चार र पुरुषतर्फ दुई खेलहरू भए ।
लिग चरणअन्तर्गत महिलातर्फ पहिलो खेलमा नेपाली सेनाको टोलीले पश्चिमाञ्चललाई ६८/१६ अङ्कले पराजित गरेको थियो ।
त्यस्तै, महिलातर्फकै दोस्रो खेलमा नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई ११/५२ अङ्कले पछि पार्दै विजयी सुरुवात गरेको हो ।
प्रतियोगिताअन्तर्गत भएको तेस्रो खेलमा पूर्र्वाञ्चललाई २३/३२ अङ्कले पछि पार्दै मध्यामाञ्चल विजयी भएको छ ।
महिलातर्फ चौथो खेलमा मध्यपश्चिमाञ्चललाई २२/४२ अङ्कले पराजित गर्दै सुदूर पश्चिमाञ्चल विजयी भयो ।
त्यस्तै, पुरुषतर्फ भएको पहिलो खेलमा मध्यमाञ्चलले विभागीय टोली सशस्त्र प्रहरीलाई २१/५७ अङ्कले पराजित गरेको थियो भने सुदूरपश्चिमाञ्चललाई २७/४३ अङकले पराजित गर्दै नेपाली सेना विजयी भएको थियो ।
पुरूष क्रिकेट
पुरुष क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् ।
मोरङको बैजनाथपुरस्थित क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा आर्मीले सुदूरपश्चिमाञ्चलको टोलीलाई ८७ रनले पराजित गर्दै ३ अङ्क जोडेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभर ३ विकेटको क्षतिमा २०९ रनको योगफल बनाएको थियो । अर्कोतर्फ सुदूरपश्चिमाञ्चलको टोली निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो । यसमा रोशन नेपालीले अर्धशतक ५० रन बनाउनुभयो ।
त्यसैगरी, दोस्रो खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई १७ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनाएको थियो भने पश्चिमाञ्चलको टोलीले आठ विकेटमा मात्र १२९ रन बनाउन सक्यो ।
व्याडमिन्टन
पुरुष सिंगल्समा नेपाल आर्मीका रत्नजीत तमाङले मध्यपश्चिमाञ्चलका इरफान अन्सारीलाई २१–१९ र २१–५ को सोझो सेटमा पराजित गरे । आर्मीकै दिपेश धामीले मध्यपश्चिमाञ्चलका रियाज अन्सारीलाई २१–१० र २१–६ ले तथा आर्मीका अर्का खेलाडी नवीन श्रेष्ठले मध्यपश्चिमाञ्चलकै विलाल वरिसलाई २१–१३ र २१–१० को सोझो सेटमा पराजित गरे ।
त्यस्तै सुदुरपश्चिमाञ्चलका सन्जीव खड्काले पश्चिमाञ्चलका भुगोल गुरुङलाई २१–१७ र २१–१० को सोझो सेटमा हराए । सोही अंचलका सुनिल जोशीले पश्चिमाञ्चलका अतित गुरुङ र गौतम कठायतले पश्चिमाञ्चलका विशाल खड्कालाई क्रमशः २१–१९ र २१–७ तथा १६–२१, २१–१२ र २१–१७ अंकले पराजित गरे ।
मेन्स डवल्सतर्फ नेपाल पुलिस क्लवका खेलाडीहरु विष्णु कटुवालले पूर्वाञ्चलका विवेक श्रेष्ठलाई तथा दिपक वोहराले पूर्वाञ्चलकै जीवन आचार्यलाई क्रमशः २१–१४ र २१–११ तथा १९–२१, २१–७ र २१–११ ले पराजित गरे ।
एपीएफका सुदिप सेढाइले मध्यमाञ्चलका अभिशेक वोसलाई २१–९ र २१–१२ को सोझो सेटमा हराए । एपीएफकै विजित थापा मगरले मध्यमाञ्चलका पोविन लिङ्थेपलाई २१–१२ र २१–११ को सोझो सेटमा पारजित गरे । मेन्स सिंगलमा पूर्र्वाञ्चलका विशाल तामाङ पुलिसका गौरव दाहाललाई १९–२१, २१–१८ र २३–२१ अंकले हराए।
मेन्स सिंगलतर्फ पुलिस र एपीएफका खेलाडीले पूर्वाञ्चल मध्याञ्चलका खेलाडीलाई हराए । पुलिसका विष्णु कटुवाल र दिपक वोहराको जोडीले पूर्वाञ्चलका विवेक र सुजन श्रेष्ठको जोडीलाई २१–१९ र २१–१६ को सोझो सेटमा पन्छायो । त्यस्तै एपीएफका सुजन ताम्राकार र सुदिप सेढाईको जोडीले मध्याञ्चलका विवेक वोस र तीर्थ मल्लको जोडीलाई २१–१० र २१–१८ को सोझो सेटमा पाखा लगायो ।
शनिवारै सम्पन्न उमेन सिंगलतर्फ पूर्वाञ्चलका सीमा राजवंशीले पश्चिमाञ्चकी सुष्मा श्रेष्ठलाई २१–१२ र २१–१० तथा सीता राईले पश्चिामाञ्चलकी सकुन्तला भुषाललाई २१–१६ र २१–११ को सोझो सेटमा जिते । त्यस्तै एपीएफकी शिक्षा श्रेष्ठले मध्यपश्चिमाञ्चलकी सम्झना शर्मालाई २१–१२ र २१–८ को सोझो सेटमा र सोभा गौचनले मध्यपश्चिमाञ्चकै समिक्षा न्यौपानेलाई २१–१२ र २१–७ को सोझो सेटमा पन्छाइन् ।
मध्यमाञ्चलकी श्रेया प्रधानले सुदुर पश्चिमकी दुर्गा शर्मा भण्डारीलाई २१–१५ र २१–१२ को सोझो सेटमा हराइन् । सुदुरपश्चिमाञ्चकी गंगा विष्टले मध्याञ्चलकी श्रद्धेय प्रधानलाई २१–१३ र २१–११ को सोझो सेटमा पाखा लगाइन् ।
हक्की: सुदूरपश्चिमलाई दोहोरो जित
विराटनगरको डिएबी स्कुलमा भएको पुरुषतर्फको पहिलो खेलमा मध्यामाञ्चललाई ८–० को गोल अन्तरले हराउँदै नेपाली सेनाले जित हासिल गर्न सफल भयो । नेपाली सेनाको तर्फबाट प्रेम दराई, सत्यनारयण चौधरी, स्यामुएल राई, राम साहले १/१ गोल गरेका थिए भने दिपेन्द्र एयर र प्रदिप राजवंशीले २/२ गोल गरे ।
सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ४–२ गोल अन्तरले हरायो । सुदूरपश्चिमाञ्चलको तर्फबाट गणेश टमटा, सुरेश प्रसाद जोशी, राजेन्द्र राजवंशी र केशब राजवंशीले गोल गरे । मध्यपश्चिमाञ्चलबाट सलमान इद्रीसी र सहिद अलिले गरे ।
महिलामा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ४–१ गोल निराश पार्यो । सुदूरपश्चिमाञ्चलका सिमा चौधरी र नर्बदा जोशीले १/१ गोल गरेका थिए भने शिल्पा डोगौराले २ गोल गरेकी थिइन् ।
पश्चिमाञ्चलले पूर्वाञ्चललाई ४–० को गोल अन्तरले पन्छायो । विजयी टिमका लागि कमला राना मगर र सोनी गुरुङ्गले २/२ गोल गरेका थिए । प्रतियोगितामा पाँच विकास क्षेत्र र एक विभागीय टिम सेना गरी ६ टिम सहभागी छन् ।
बक्सिङ
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मेची रङ्गशालामा आज भएका खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवले उत्कृष्ट प्रदर्शन गरेको छ ।
प्रतियोगिताअन्तर्गत ४९ किलो तौल समूहतर्फ एपिएफका आस तामाङ पूर्वाञ्चलका सुलभराज तुलाधरलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरे। यस्तै, ५२ किलो तौलतर्फ एपिएफकै विक्रम परियारले सुदूरपश्चिमाञ्चलका महेन्द्र चन्दमाथि तथा ५६ किलोमा पुरन राईले नेपाल प्रहरीका गिरबहादुर रानामगरमाथि जित हात पार्दै सेमिफाइनलको यात्रा तय गरे।
यस्तै, उद्घाटन खेलमा ५२ किलो तौल समूहतर्फ मध्यपश्चिमाञ्चलका चन्द्र थापा सुदूरपश्चिमाञ्चलका गौरव चन्दलाई तथा ५२ किलोमै प्रेम चौधरी पश्चिमाञ्चलका चिरञ्जीवी राणालाई हराउँदै सेमिफाइनल प्रवेश गरे। यसैगरी, ४९ किलो तौलतर्फ नेपाली सेनाका सुवास विक पश्चिमाञ्चलका विष्णु गौतमलाई नकआउट गर्दै सेमिफाइनल पुगे।
नेपाली सेनाकै विमल रोक्काले ५६ किलो तौलतर्फ मध्यपश्चिमका चन्द्रज्योति थापालाई हराउँदै सेमिफाइनल सुनिश्चित गरे। आजै सम्पन्न ५२ किलो तौल समूहतर्फ मध्यमाञ्चलका प्रदीप मर्हजनले पूर्वाञ्चलका सन्तोष राईलाई तथा ५६ किलोमा गणेश थापाले सुदूरपश्चिमाञ्चलका राजेश चन्दलाई हराउँदै पदक पक्का गरे।
यस्तै, आयोजक पूर्वाञ्चलका राकेश राई ५६ किलो तौल समूहमा पश्चिमाञ्चलका दिनेश बानियाँलाई हराउँदै सेमिफाइनल प्रवेश गरे। सातौँ राष्ट्रिय बक्सिङ प्रतियोगितामा पाँच विकास क्षेत्र तथा तीन विभागीय टोलीका ७८ पुरुष तथा ५६ महिलासहित एक सय ३२ खोलाडीको सहभागिता रहेको बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिए।
पुरुष फुटबल : मध्यमाञ्चल र पश्चिमाञ्चल विजयी
सातौं राष्ट्रिय खेलकुद अन्र्तगत पुरुष फुटबलमा मध्यमाञ्चल र पश्चिमाञ्चल विजयी भएका छन् । पूर्वाञ्चललाई १–० गोलले पराजित गर्दै मध्यमाञ्चल तीन अंक जोड्यो ।
यस्तै नेपाल पुलिसलाई ३–० गोल अन्तरले पराजित गर्दै पश्चिमाञ्चलले पनि ३ अंक जोडेको छ । स्कोर तालिकामा मध्यमाञ्चल भने ६ अंकका साथ शीर्ष स्थानमा छ ।
शनिबार धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको पहिलो खेलमा पश्चिमाञ्चलले नेपाल पुलिस क्लवलाई पराजित गर्दै पुलिससँग सामान ३ अंक बनाएको हो । यसअघि पुलिसले पूर्वाञ्चलाई पराजित गर्दे ३ अंक बनाएको थियो भने पश्चिमाञ्चल, मध्यमाञ्चलसँग पराजित हुँदा अंक तालिकामा खाता खोल्न सकेको थिएन ।
पश्चिमाञ्चलको जितका लागि अनिल गुरुङले दुई र विमल घर्ती मगरले एक गोल गरेका थिए । विमलले पहिलो हाफको २५ औँ मिनेटको खोलको खाता खोल्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ३० औँ मिनेटमा अनिल गुरुङले अर्को गोल गर्दे आफ्नो टिमलाई जित नजिक पुर्याएका थिए । पुलिसका गोल रक्षक रोशन खड्काले दोस्रो हाफको ४० औँ मिनेटमा पश्चिमाञ्चलका विश्वास श्रेष्ठलाई फल गरेपछि पाएको पेनाल्टिको सदुपयोग गर्दे अनिल गुरुङले अन्तिम तथा निर्णायक गोल गरेका थिए ।
पुलिसका गोल रक्षकले फल गरेसँगै दोस्रो पहेलो कार्ड पाएर मैदान बाहिरिएपछि पुलिस १० खेलाडीमा सिमित भएको थियो । गोल रक्षक बाहिरिएपछि पुलिसका कप्तानसमेत रहेका भोला सिलवालले गोल रक्षकको रुपमा खेलेका थिए ।
शनिबारै भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा मध्यामाञ्चलले पूर्वाञ्चल माथि एक शुन्यको कठिन जित हासिल गरेको हो । मध्यमाञ्चलको जितका लागि दिनेश हेनजले दोस्रो हाफको २८ औँ मिनेटमा गोल गरेका थिए । जित सँगै मध्यमाञ्चलले प्रतियोगिताको लिग चरणमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने लिग चरण खेलेको दुवै प्रतियोगिता पाराजित पूर्वाञ्चलले अंक निकाल्न सकेको छैन ।
आर्चरीःआर्मीका खेलाडी अघि
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उदयपुरको गाईघाटमा आर्चरी सुरु भएको छ । सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालामा वरियताका लागि भएको पहिलो चरणको पुरुष तथा महिलाको प्रतिस्पर्धामा नेपाल आर्मीका खेलाडी अघि रहेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा रिकर्भ पुरुषतर्फ र रिकर्भ महिला गरी एकसाथ दुई इभेन्ट सञ्चालन भयो । ७० मिटरको पहिलो चरणमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लवका समीर थापाले ६ सय २४ स्कोर गरे । महिलातर्फ आर्मीकै कृष्णमाया सेङताङले ५ सय ६४ स्कोर गरे ।
रिकर्भ पुरुषतर्फ १७ जना र रिकर्भ महिलातर्फ ७ जनाले भाग लिएका थिए । शनिबार सुरु भएको प्रतियोगितामा देशका विभिन्न १३ वटा जिल्लाका आर्चरी क्लवका खेलाडीले भाग लिएका छन् ।
चेसःशीर्ष खेलाडीहरुको विजय यात्रा
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत चेस खेल धनकुटामा सुरु भयो । प्रतियोगिता अन्तरगत खुला तर्फ ३८ तथा महिला तर्फ २५ खेलाडी सहभागि छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल बुद्धीचाल संघको संयोजनमा जारी प्रतियोगिताको प्रमुख अतिथी नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले उद्घाटन गरे ।
पहिलो दिन शिर्ष बरियताका धेरै खेलाडीले जित हात पारेका छन् । खुला तर्फ शिर्ष बरियताका नेपाल आर्मी क्लबका केशब श्रेष्ठले मध्य पश्चिमका तीर्थ विक, दोश्रो बरियताका मध्यमाञ्चलका मदनकृष्ण कायस्थले मध्यमाञ्चलकै रबिन्द« थापा, नेपाल आर्मीका भुपेन्द« निरौलाले सुदुर पश्चिमका कीर्त बहादुर जोरा तथा चौथो बरियताका खेलाडी क्षितिज भण्डारीले मध्यमाञ्चलका सञ्जय मर्हजनलाई पराजित गरे । पूर्वाञ्चलका सुमन राइले ओलम्पियाड खेलाडी सजिन मर्हजनलाई हराए । एपीएफका सुमित पन्त र सुदुर पश्चिमका प्रकास ओझा।
महिला तर्फ नेपाल आर्मीकी मोनालीसा खुम्बु, सुजना लोहनी र सीन्दीरा जोशीले विजयी सुरुवात गरे ।
बास्केटबल सुरु
बास्केटबल पनि शनिबारदेखि धरानस्थित डिपो उच्चमाविको कोर्टमा सुरु भएको छ ।
महिलातर्फ पश्चिमाञ्चल र मध्यमपश्चिमाञ्चलबीच भएको खेलमा ४५–१२ स्कोरले पश्चिमाञ्चल विजयी भयो । नेपाल आर्मी र मध्यमाञ्चल बीच भएको खेलमा ४४–२९ स्कोरले पछि पार्दै मध्यमाञ्चल विजयी बनेको छ । त्यस्तै तेस्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चलमाथि २३–११ को जित प्राप्त ग¥यो ।
त्यस्तै पुरुष बास्केटबल तर्फ विभागीय टोली नेपाल आर्मीले पश्चिमाञ्चललाई ८२–५३ स्कोरले पराजित गरेको छ । मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलबीचको खेलमा ९५–४३ स्कोर गर्दै मध्यमाञ्चल विजयी बनेको छ । पुरुष बास्केटबलमा विभागीय टीमसहित ६ वटा टिमहरुले स्पर्धा गरिरहेका छन् भने महिला बास्केटबलमा ५ विकास क्षेत्रका टिमहरु सहभागी रहेका छन् ।
टेनिस पोखरामा शुरु
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस खेल शनिबारदेखि पोखरामा शुरु भएको छ । पहिलो दिन टिम इभेण्टका प्रतिस्पर्धाहरु भएका छन् । प्रतियोगितामा नेपाली सेना र नेपाल प्रहरीको टिमले बाई पाएर सिधै सेमिफाइनलमा पुगेको छ भने पुरुषतर्फ सशस्त्र प्रहरी बलले मध्य पश्चिमाञ्चललाई ३–० ले पराजित गरेर सेमिमा स्थान बनायो । सशस्त्र प्रहरिको तर्फबाट श्रीराम मगरले चन्द्रबहादुर थापालाई ७–५, ६–४ ले, सन्तोष खत्रिले प्रदिप शाहलाई ६–२,६–२ ले तथा सन्तोष खत्रि र श्रीराम मगरको जोडीले महेन्द्र प्रकाश गिरी र चन्द्रबहादुर थापाको जोडीलाई ६–३, ६–१ ले पराजित ग¥यो ।
पुरुषतर्फनै भएको टिम इभेण्टमा नेपाल प्रहरीले मध्यमाञ्चललाई ३–० ले नै पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । नेपाल प्रहरीको तर्फबाट प्रणव खनालले अदित सुवेदीलाई ६–१,६–१ ले, कमल भण्डारीले अन्जन थिङलाई ६–०,६–०ले तथा रेञ्जन लामा र राजु श्रेष्ठको जोडिले सहर्ष बहादुर चन्द र अदित सुवेदीको जोडिलाई ६–२, ६–३ ले पराजित गरे ।
पुरुषतर्फ पश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चललाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । पश्चिमाञ्चलका निरज थापाले निरज विष्टलाई ६–०, ६–० ले, प्रदिप खड्काले सम्मेलन योगीलाई ६–०, ६–० ले तथा निरज थापा र प्रदिप खड्काको जोडीले निरज विष्ट र सम्मेलन योगीको जोडीलाई ६–०, ६–० कै सहज सेटमा पराजित गरेको थियो ।
महिलातर्फ एपीएफले मध्यमाञ्चललाई ३–० ले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको छ । एपीएफका विभुती कार्कीले स्नेहा यादवलाई ६–०, ६–०ले भगवति बिवले रायना शाहलाई ६–२, ६–२ ले तथा विभुती कार्की र बिजिसा श्रेष्ठको जोडीले सर्भानी स्नेहा यादवलाई ६–०, ६–१ पराजित गरे । त्यस्तै पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पूर्वाञ्चलका सलोनी तामाङ्गले प्रिति बराललाई ७–५, ६–२ ले, प्रेरणा कोइरालाले गंगा सर्मालाई ६–२, ६–३ ले तथा प्रेरणा र सलोनीको जोडीले अनु रोक्का र सुभांगी लक्ष्मी शाहको जोडीलाई ६–०, ६–१ ले पराजित गरे ।
सफ्ट टेनिस
सफ्ट टेनिसको पुरुष सिंगल्समा मध्यमाञ्चलका निर्मल स्थापित, पूर्वाञ्चलका अभिषेक कार्की र सुदूरपश्चिमाञ्चलका रमेश पाण्डेले जित हात पारेका छन् । निर्मलले मध्यपश्चिमाञ्चलका विनोद मगरलाई ४–० तथा अभिषेकले मध्यपश्चिमाञ्चलका सुभम खनाललाई ४–० ले पराजित गरे । रमेशले पूर्वाञ्चलका आशिष बोहरालाई टाइब्रेकरमा ७–३ ले हराए ।
महिला सिंगल्समा मध्यपश्चिमाञ्चलकी मेघा श्रेष्ठले पूर्वाञ्चलकी जर्जिया चौधरीलाई ४–०, मध्यपश्चिमाञ्चलकी सिर्जना राना मगरले सोही क्षेत्रकी दीपा आलेलाई ४–० तथा मध्यमाञ्चलका शिव भट्टराईले पूर्वाञ्चलकी श्रीयला योञ्जनलाई ४–१ ले पाखा लगाए ।
टेबलटेनिस
सातौं राष्ट्रिय खेलकुद अन्तरगत भएको टेबल टेनिस तर्फ पुरुषको टिम ईभेन्टस्मा एपिएफले फाइनलमा पुलिसको सामना गर्ने भएको छ ।
एपिएफले मध्यमाञ्चललाई ३–०ले र पुलिसले पूर्वाञ्चललाई ३–१ले हराउंदै स्वर्ण प्रतिस्पर्धाको लागि आमने सामने गर्ने भएका छन् ।
यस अघि भएको सेमिफाईनलको खेलमा एपिएफले आर्मीलाई ३–२ले र मध्यमाञ्चलले सुदूरपश्चिमलाई ३–०ले पराजित गरेका थिए । यस्तै पुलिसले पश्चिमाञ्चललाई ३–० र पूर्वाञ्चलले मध्यपश्चिमलाई ३–१ले हराएका थिए ।
विराटनगरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला टिम ईभेन्ट्सको खेलमा पनि सशस्त्रले फाइनलमा पुलिसको सामना गर्ने भएको छ ।
सशस्त्रले सेमिफाइनलमा मध्यमाञ्चललाई ३–०ले र पुलिसले आर्मीलाई ३–१ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
पुरुष जोडी तर्फको खेलमा पुरुष तर्फ पुलिसका दीप साउन र स्यान्टु श्रेष्ठको जोडी पूर्वाञ्चलका महाविर र दिवसको जोडीलाई ११–५, ११–७ र १२–१०ले पराजि गर्दै सेमिमा स्थान बनाएका हुन् । यस्तै एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडी सेनाको कृष्ण र मनीको जोडीलाई १२–१०, ११–९ र ११–५ले, पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले पूर्वाञ्चलका गणेश र करणको जोडीलाई ११–४, ११–७, ७–११ र ११–६ले तथा एपिएफका पुरुषोत्तम र चन्दन शाहीको जोडीले मध्यमाञ्चलका रिज जोशी र विपुल महर्जनको जोडीलाई ११–८, ११–७ र ११–७ले पराजित गर्दै सेमिमा स्थान पक्का गरे ।
महिला जोडी तर्फको खेलमा आर्मीका रविना र स्वेच्छा नेवाङ्गको जोडीले पश्चिमाञ्चलका अमृता र गिताको जोडीलाई ११–८, १३–११ र ११–६ले, एपिएफका शैलेष र सोनुको जोडीले पुलिसका सुजाता र मञ्जुको जोडीलाई ११–७, ११–४ र ११–८ले, आर्मीका दिक्षा र शिखाको जोडीले पूर्वाञ्चलका अपेक्षा र गिताको जोडीलाई ११–२, ११–५, ८–११, ९–११ र ११–८ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । यस्तै सेमिफाइनल प्रवेश गर्ने अर्को जोडीमा पुलिसका नविता श्रेष्ठ र एलिना महर्जनको जोडी रह्यो । नविता र एलिनाको जोडीले मध्यमाञ्चलका निकिता र मारियाको जोडीलाई तीनै सेट ११–५ले हराए ।
मिक्स डबल तर्फको खेलमा पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी सेमिफाइनल प्रवेश गरेका छन् । श्रेष्ठ र महर्जनको जोडीले मध्यमाञ्चलका रिज जोशी र पल्पसाको जोडीलाई ३–०ले पराजित गरेका थिए । यस्तै आर्मीका कृष्ण र रविना महर्जनको जोडीले पूर्वाञ्चलका गणेश र अपेक्षाको जोडीलाई ३–०ले, एपिएफका पुरुषोत्तम र सोनुको जोडीले पूर्वाञ्चलका करण राई र गिता भुजेजको जोडीलाई तथा पुलिसका दीप साउन र नविताको जोडीले मध्यपश्चिमका नरेश र पवित्राको जोडीलाई समान ३–०ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।