सशस्त्र प्रहरी बल एपिएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा लगातार तीन जितेर ह्याट्रिक गर्न सफल भएका छन्। विराटनगरस्थित शहिद रङ्गशालामा शनिबार भएको कराते अन्तरगत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बरबहादुर आलेमगरलाई हराउँदै स्वर्ण पदक जितेका हुन्।
यसअघि बास्तोलाले धनगढीमा भएको छैठौं र काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक जितेका थिए।
प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले काँस्य पदक प्राप्त गरे।
यस्तै महिला तर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङ्गले स्वर्ण जितिन्। उनले मध्यमाञ्चलकी अप्सरा मोक्तान हराइन्। सशस्त्रकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी बर्षा साउदले प्रतियोगितामा काँस्य जिते।