महिला सटपुट खेलाडी चन्द्रकला लामगादेले सातौं बृहत् राष्ट्रिय खेलकुदमा नयाँ कीर्तिमान कायम गरेकी छन्।
इटहरी रंगशालामा भएको सटपुट प्रतियोगितामा उनले ११.५६ मिटरको राष्ट्रिय कीर्तिमान राखेकी हुन्।
उनले यसै वर्ष भारतमा भएको बाह्रौं साफ प्रतियोगितामा आफैंले बनाएको ११.३ मिटरको राष्ट्रिय कीर्तिमान तोडेकी हुन्।