रोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर भागेका ८ कैदी मध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति सुरुङ खनेर भागेका मध्ये अर्जुन सेन, दिपक पुन र चंखे विक पक्राउ परेका हुन् ।
यसै गरि ध्रुव डाँगी, वसन्त रोका, राजु थापा, कृष्ण वली, राजबहादुर वली अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार कैदी बन्दीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।