अव्यवस्थित इँटाभट्टाको मारमा परेका भक्तपुरबासी अब भने धुवाँ धुलो र वातावरण सहेर नबस्ने भएका छन्। प्रशस्त कृषियोग्य जमिन भएको जिल्लामा ६४ वटा इटाभट्टा सञ्चालनमा रहँदा भक्तपुर अहिले उजाड बन्दै गएको भन्दै स्थानियबाँसी इँटाभट्टा व्यवस्थित नभए सञ्चालनमा रोक लगाउने भएको आजको राजधानीमा खबर छ।
भक्तपुर सिपाडोलका स्थानियले इँटाभट्टाका लागि काँचोमाटो निकाल्दा कृषियोग्य भूमी मरुभूमीमा परिवर्तन हुन लागेको र प्रदुषण बढेको भन्दै इटाभट्टाका लागि काँचो माटो निकाल्न रोक लगाउने भएका छन्।