तराई मधेस लोकतान्त्रिक नेपाल पार्टीका महामन्त्रीसहित पाँच पूर्वसभासद् विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन्। गौरमा आयोजित एक कार्यक्रममा गच्छदारले उनीहरुलाई स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्नेमा महामन्त्री तथा पूर्वसभासद् गोविन्द चौधरी, सहमहामन्त्री तथा पूर्वसभासद् अरविन्द साह, केन्द्रीय कोषाध्यक्ष तथा पूर्वसभासद् रमणी राम तथा सभासद्हरु चन्दन साह र उर्मिला महतो छन्। तमलोपाका रौतहट जिल्ला उपाध्यक्ष राम प्रवेश राय यादव, महिला उपाध्यक्ष श्रीमती आशा शेखर, जिल्ला सदस्य अमृतलाल चौधरी पनि फोरम लोकतान्त्रिक प्रवेश गरेका छन् ।