राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा शुक्रवार जिल्ला प्रशासन कार्यालय बाँकेमा एक घण्टा धर्नामा बसेका छन् । बिहान १० देखि ११ बजेसम्म उनी लगायत पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु धर्ना बसेका हुन् ।
चारदलीय संयन्त्र खारेजीको माग गर्दै स्थानीय प्रशासन कार्यालय मार्फत मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत उनी धर्ना बसेका हुन् । 'चार दलीय सिन्डिकेट'को नियन्त्रण र प्रभाव रहुन्जेल चुनाव निष्पक्ष हुन नसक्ने भएकाले अबिलम्ब चार दलिय संयन्त्र खारेजीको माग गर्दै राप्रपा नेपालले ज्ञापनपत्र दिएको हो ।