मलेसीयामा जारी एसिसी यु १९ एलिटकपमा आयोजक मलेसीयाले ७ विकेटले हराउदै समुह विजेता भएर सेमीफाइनलमा प्रवेश गरेको छ ।
मलेसीयाको किनरा ओभल मैदानमा टस जितेर पहिले व्याटीङ गरेको मलेसीयाले निर्धारीत ५० ओभरको खेलमा २२।४ ओभरमा अल आउट हुँदै ६९ रनमात्र जोड्न सक्यो ।
मलेसीयालाई सस्तैमा समेट्ने क्रममा अभिनाश कर्णले ३१ रन खर्चेर सर्वाधिक ६ विकेट लिएका थिए । यस्तै नेपालका लागि भुवन कार्की २, यज्ञमान कुमाल र शुशान्त भारीले समान एक एक विकेट लिएका थिए ।
यता मलेसीयाका अमिरुद्धिन आजाहार १५ र धिभेन्दरन मोगानले अभिजित २२ रन बनाउनु बाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन् । मलेसीयाले अतिरिक्तबाट १२ रन जोडेको थियो ।
७० रनको जवाफी लक्ष्यका साथ मैदानमा आएको नेपालले २४।३ ओभरमा ३ विकेट गुमाउदै विजयी लक्ष्य पार गरेको थियो ।
नेपालका लागि हरिशंकर साहले अभिजित २८, विभत्सु थापा १७ अमित श्रेष्ठ १० निश्चल पाण्डे ७ र निर्मल थापाले अभिजित ५ रन बनाएका थिए ।
यस अघि नेपालले कतार, बहराईन र कुवेतलाई फराकिलो अन्तरमा हराएको थियो