अख्तियारमा लोकमान सिह कार्कीको विरोध गर्न पुगेका नागरिक अगुवाहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बरिष्ठ अधिबक्ता शम्भु थापा, मानवअधिकारबादी चरण प्रसाई, पत्रकार कनकमणि दिक्षित र सहिदपुत्र द्रोण रेग्मी छन् । उनिहरुलाई महाराजगंजस्थित प्रहरी कार्यालयमा राखिएको छ।
अख्तियारमा सत्ता र शक्ति दुरुपयोगमा माहिर कार्कीको नियुक्ति भएकोमा विरोध गर्न शीतलनिवास बाहिर पुगेका उनीहरुलाई प्रहरीले विहान साढे नौ बजे पक्राउ गरेको हो ।
पक्राउपछि उनीहरुलाई महाराजगंज प्रहरी वृतमा राखिएको छ।
राष्ट्रपति कार्यालयमा तैनाथ डिएसपी भूपेन्द्र खत्रीका अनुसार निषेधित क्षेत्र तोडेकाले पक्राउ गर्नुपरेको हो ।