सरकारले आगामी बजेट भाषण मार्फत देशमा अनिवार्य शिक्षा नीति कार्यक्रम लागू गर्ने भएको छ । पहिलो चरणमा आधारभुत तह (कक्षा १ देखि ८) सम्ममा अनिवार्य शिक्षा दिइने आजको अन्नपूर्ण पोष्टमा खबर छ । अनिवार्य शिक्षा लागू गरिए यो देशको १ सय ६० वर्षे आधुनिक शैक्षिक इतिहासमा अर्को प्रस्थान विन्दु बन्ने छ । शिक्षा मन्त्री माधव पौडेलले देशबाट निरक्षरता उल्मुलन गर्न अनिवार्य शिक्षा नीति र नियम आगामी बजेट मार्फत लागू गर्न खोजीएको बताए । उनले भने 'अहिले सरकारको ध्यान त्यतैतिर केन्द्रित छ । निःशुल्क शिक्षा मात्रै भएर पुग्दो रहेनछ । अब शिक्षा निःशुल्क र अनिवार्य दुबै हुनेछ । '