प्यूठानमा खोलाले बगाएर आमा छोरीको ज्यान गएको छ । आइतबार स्थानिय झिमरुक खोलाले बगाउँदा तोरवाङ ६ कि २२ वर्षीया राधा उपाध्याय र उनकी ७ महिनाकी छोरीको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
झिमरुक खोलाले बगाएर लगेको बालिकाको शव खैरा–८ मा र आमाको शब तोरवाङ–६ कै घुम्नेठाटीका फेला परेको प्रहरीले जनाएको छ।
आइतबार दिनभर परेको पानीले खोलामा पानी बढेपछि तर्न खोज्दा बगाएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ ।