काठमाडौं, जेठ १० (सेतोपाटी)- 'नागरिक' दैनिकको प्रधान सम्पादकमा प्रतीक प्रधान नियुक्त भएका छन्। प्रधान नागरिकको स्थापनाकालमा नेपाल रिपब्लिक मिडिया प्रालिका समूह सम्पादक रहिसकेका थिए । प्रधानको आगमनसँगै नागरिकका प्रधानसम्पादक किशोर नेपालको बहिर्गमन भएको छ।
नागरिक छाडेपछि प्रधान 'कारोबार' दैनिकका प्रधान सम्पादक बनेका थिए ।
नागरिकको समूह सम्पादकमा आउनुअघि प्रधान काठमान्डु पोस्टका सम्पादक थिए ।