काठमाडौंमा गत दुई घन्टामा १०७ मिलिमिटरभन्दा बढी पानी परेको छ । काठमाडौंका अधिकांश स्थानमा अहिले पनि भीषण पानी परिरहेकै छ ।
मौसमसम्बन्धी जानकारी राख्ने समीरमणि दीक्षितका अनुसार काठमाडौंमा अहिले घन्टाको २९ मिलिमिटर प्रति घन्टाको दरले पानी परिरहेको छ । पूर्वी वायुको प्रभावले देशका मध्य तथा पूर्वी भागमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।
यो पनि हेर्नुहोस्
तीन घन्टादेखि भीषण वर्षा