राजधानीलगायत देशमा अधिकांश भागहरुमा बिहीबार दिउँसोदेखि लगातार भीषण पानी परिरहेको छ । करिब तीन घन्टादेखि परेको पानीले राजधानी पुरै जलमग्न भएको छ ।
राजधानीका सडकमा सवारी साधन घटेका छन् भने बाटोमा हिँड्ने मानिस एकदमै पातलो संख्यामा मात्र छन् । विभिन्न ठाउँमा पानी थामिएला भनेर ओत लागिरहेका बटुवाहरुको हुल देखिन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मध्य र पूर्वी नेपालका अधिकांश भागमा पानी परिरहेको छ ।
यो पनि हेर्नुहोस्