कञ्चनजंघा हिमाल आरोहण गरेर फर्कने क्रममा हिमपहिरोमा परि २ नेपाली सहित ५ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नेपालका र हंगेरीका २–२ तथा एक जना कोरियाली नागरिक छन् । ज्यान गुमाउनेमध्ये संखुवासभाका दिवस गुरुङ तथा सोनाम शेर्पाको मात्र सनाखत भए पनि विदेशी नागरिकको हन सकेको छैन ।
साउथ बेसक्याम्प हुँदै आरोहण गरेको टोलीको अझै उद्धार भएको छैन । तर यसबारेमा कञ्चनजंघा संरक्षण आयोजनाले आधिकारीक पुष्टि भई नसकेको बताएको छ ।