शिवरात्रिको अघिल्लो दिन भक्तपुरमा नयाँ महादेव!

  • Get News Alerts

भक्तपुर गुण्डुस्थित पाइलट बाबा आश्रममा बुधबार शिवरात्रिको अघिल्लो दिन सोमनाथ महादेव मन्दिरको उद्घाटन भएको छ।

शनिबार सुरु भएको दशमहाविद्या महायज्ञको समापनमा दश महादेवीको प्राण प्रतिष्ठासहित सोमनाथ मन्दिर उद्घाटन गरिएको हो। नेपालमै पहिलोपल्ट सोमनाथ महादेव मन्दिरमा दश महादेवीलाई समेत प्रतिष्ठित गरिएको छ।

नेपाली गुरु हरिबाबाबाट चार दशकअघि मकवानपुरको भैँसेमा दीक्षित ७६ वर्षीय पाइलट बाबाले मन्दिर उद्घाटन गरेका हुन्। उनकै नाममा स्थापित आश्रम आँखारोग विशेषज्ञ डा. रामप्रसाद पोखरेल र उनकी पत्नी शोभना पोखरेलले आफ्ना गुरु पाइलट बाबालाई समर्पण गरेका हुन्।

सोमनाथ मन्दिर उद्घाटनकै अवसरमा विभिन्न आध्यात्मिक तथा अन्य २४ लेखकले लेखेको पुस्तकको संग्रह ‘आश्रम: ज्ञान, विज्ञान र प्रज्ञान’ सार्वजनिक गरिएको छ। अध्यात्म, धर्म, संस्कृति तथा दर्शनका विविध आयाममा लेखिएका रचना संग्रृहित पुस्तक पाइलट बाबा आश्रमले प्रकाशन गरेको हो। 

क्याप्सन: भक्तपुर गुण्डुस्थित पाइलट बाबा आश्रम र सोही परिसरमा निर्मित सोमनाथ महादेव मन्दिर। 

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • प्रधानमन्त्रीद्वारा डा. कुमुद धिताललाई बधाई

    प्रधानमन्त्री सुशील कोइरालाले मृत मानिसको मुटु विरामीमा प्रत्यारोपण गरी सफलता प्राप्त गरेका अष्ट्रेलियामा कार्यरत नेपाली डा. कुमुद धिताललाई बिहीबार दिउँसो टेलिफोन गरी बधाई दिएका छन्।   प्रधानमन्त्री कोइरालाले चिकित्सा क्षेत्रमा नै अद्भूत म...

  • एप्पलका सिइओद्वारा आफू समलिंगी भएको खुलासा

    एप्पलका सिइओद्वारा आफू समलिंगी भएको खुलासा एप्पल कप्पनीका सिइओ टिम कुकले आफूलाई समलिंगी भएको सार्वजनिक रुपमै स्वीकारेका छन्। उनले भगवान दिएको सुन्दर उपहारका रूपमा आफूलाई ब्याख्या गर्दै आफू समलिंगी भएको खुलासा गरेको हुन्।

  • सर्पदंशका बिरामीलाई अब देशैभर एउटै उपचार पद्धति

    अनुसन्धानपूर्व एकजना बिरामीलाई १६५ भायलसम्म प्रतिविष दिइन्थ्यो भने अनुसन्धानसँगै ३० भायलभन्दा बढी प्रतिविष दिन नपर्ने प्रमाणित भएको छ। पौडेलका अनुसार विषालु सर्पले टोकेका २० प्रतिशतले ज्यान गुमाउँदै आएकामा अहिले घटेर पाँच प्रतिशतमा झरेका छ। उनले भने ‘अनुसन्धानले प्रति भायल रु दुई हजार पर्ने प्रतिविषको मात्रा घटायो, मर्ने बिरामीको सङ्ख्या घट्यो र देशैभर एउटै पद्धतिको उपचार सुरु भयो।’

  • सिरहामा जुवाडे र प्रहरीबीच झडप, मोरङबाट १४ जुवाडे पक्राउ

    सिरहामा जुवाडेहरुलाई पक्राउ गर्न खोज्दा झडप भएको छ भने मोरङबाट प्रहरीले १४ जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले हवाइ फायर गरेपनि सिरहामा जुवाडे पक्राउ परेनन्।

  • देउसी खेल्न गएका युवकको शव बोरामा भेटियो

    नयाँबजारस्थित बसपार्कनजिकै एक युवकको शव बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको छ।

लोकप्रिय

सिफारिस

सूचनापाटी