दार्चुलामा भएको बस दुर्घटनामा मर्नेको संख्या ७ पुगेको छ । यस्तै दुर्घटनामा परि अन्य ४१ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
विहिबार विहान दार्चुलाको गोकुलेश्वर ६ ठुलीशैनमा महेन्द्रनगरबाट दार्चुला सदरमुकाम खलङ्गाका लागि छुटेको पवनदुत यातायातको ना ४ ख ८२८५ नम्बरको बस दुर्घटनामा परेको थियो ।
बस करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका मध्ये गम्भीर घाइते १३ जनामध्ये १० भारतीयलाई थप उपचारको लागि भारत लगिएको , ३ जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको र अन्य घाइतेहरुको गोकुलेश्वर स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ । मृत्यु भएका सातै जनाको पोष्टमार्टम हुँदै गरेको प्रहरीले बताएको छ ।
बस दुर्घटनामा ज्यान गुमाउनेहरु
कृष्ण भट्ट, महेन्द्रनगरका– बस मालिक
करनसिंह साउद – बस चालक
मोतीराम भट्ट – दार्चुला खरकडा
गोपालसिंह बोहरा –शर्माली
मोतीराम भट्ट –भारत वलुवाकोट,
महादेव भट्ट – भारत वलुवाकोट र
मथुरा भट्ट – भारत वलुवाकोट