साझा यातायातमा पहिलो पटक चालकमा महिला नियुक्त भएकी छन्।
करिब छ वर्षदेखि बन्द रहेको यातायात सेवा गत वैशाख १ गतेदेखि पुनः सञ्चालनमा ल्याई महिलामैत्री बनाउने उद्देश्यले यही फागुन ३ गतेदेखि रेविका थापालाई चालकमा नियुक्त गरिएको साझाले जनाएको छ।
यसभन्दा अगाडि सो यातायातमा पाँच जना महिला सहचालक मात्र रहेका थिए।
पचपन्न सिट क्षमता रहेको सो बस १२ मिटर लामो रहेको भएपनि यसभन्दा अगाडि आफूले साना गाडीमा चालकको काम गरेकाले आफूलाई कुनै कठिन नभएको चालक थापा बताउँछिन् ।
महिलालाई प्रोत्साहन गर्न साझा यातायातले सकेसम्म महिला चालक र सहचालकलाई स्थान दिने साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले बताए ।