नेपालकै सबैभन्दा लामो जात्राको रुपमा चिनीने रातो मत्स्येन्द्रनाथको रथजात्राको क्रमा मनाइने नरिवल जात्रा मनाइएको छ । रथको टुप्पोबाट नरिवल खसाली नरिवल जात्रा मनाइने गरिन्छ । नरिवल खसाल्नुअघि मत्स्येन्द्रनाथको पूजा-अर्चना गरी रथको टुप्पोको बाय्मोबाट चारै दिशामा योमरी र ल्होंचामरी छरेर अभिषेक गरिएको थियो ।
खसालेको नरिवल टिप्न जम्मा भएका मानिसहरू तँछाडमछाड गरेका थिए । उक्त नरिवल टिप्न सके छोरा हुन्छ भन्ने जनविश्वास रहि आएको छ ।
भीडबीच नरिवल टिप्न सफल भएका युवकले दक्षिणासहित नरिवल मत्स्येन्द्रनाथलाई चढाएका थिए ।
जात्रा हेर्न ललितपुरकी जीवित देवीको रूपमा रहेकी कुमारीको पनि उपश्थिति थियो । फोटोफिचरमा यस्तो देखियो नरिवल जात्रा
बाय्मोमा बसी नरिवल खसाल्ने भन्दै उत्सुक युवाहरूलाई जिल्याउदै ।
नरिवल फालेपछि
नरिवल टिप्न क्रममा तछाड मछाड गर्ने युवालाई नियन्त्रण गर्दै प्रहरी ।
नरिवल पाएका दुई युवक खोसाखोस गरेपछि नियन्त्रण गर्दै प्रहरी ।
अर्को रथबाट फालीएको नरिवल पाएका युवा ।
भिडबाट हानेको ढुङ्गा लागेका क्यामेरामेन ।
रमिता हेर्दै स्थानिय ।
जात्रामा सहभागि कुमारी ।
पानी खुवाउन आएका एक वृद्धा