प्रकाश ढकाल, कोपनहेगन– चैत २२– डेनमार्कको नेपाली समुदायमा बियर, कोला जुसलगायतका खाली क्यान तथा बोतल जोगाएर जम्मा गर्ने प्रचलन बढ्दै गइरहेको छ। थोपाथोपा मिलेर गाग्री भरिएजस्तै जम्मा गरेको बोतल तथा क्यान बेचेर आउने पैसाले नेपालमा बालबालिकाको पढाइमा सघाउने उद्धेश्यसाथ केही नेपाली युवाह मिलेर 'अभियान नेपाल डेनमार्क' चलाइरहेका छन् । युरोपेली देशमा बियर, कोला, पानी तथा जुसका खाली क्यान र बोतलह पुन: प्रयोगमा ल्याउन उक्त खाली क्यान तथा बोतलको प्रकृति हेरी एक देखि तीन डेनिश क्रोनर अर्थात पन्ध्र देखि पैंतालिस नेपाली रुपैयाँ पाउन सकिन्छ । त्यही पैसाले थोरै भए पनि सहयोग गर्न यो अभियान चलाइएको बताउँछन्, यस अभियानक संयोजक कमलराज शर्मा ।
यसरी बोतल तथा क्यान बेचेर हाल डेढ लाख भन्दा बढी नेपाली रुपैयाँ संकलन भइसकेको छ । उक्त संकलित रकमले नेपालका विभिन्न आठ जिल्लाका पन्ध्र बालबालिकाको पढाइमा सहयोग पुगेको छ। सहयोग पाउनेहरु कमजोर आर्थिक अवस्थाले विद्यालय जान नसक्नेह र बाबुआमा गुमाएका टुहुरा पनि छन्। बालबालिकाका लागि विद्यालय पोशाक, झोला तथा अन्य शैक्षिक सामग्री प्रदान गर्ने गरिएको छ।
सहयोगक लागी फेसबुकबाट आह्वान गर्ने गरिएको छ। बोतल तथा क्यान दिएर सहयोग गर्नेको नाम तथा जम्मा भएको रकम फेसबुकमै राख्ने गरेकोले पारदर्शिता पनि भएको यस अभियानका सदस्य प्रभात रिमाल बताउँछन् । बोतल तथा क्यान संकलनका लागि स्वयंसेवकहरु नेपालीह बस्ने अपार्टमेन्टमा जान्छन् जसलाई 'घरदैलो' नाम दिइएको छ।
यस कार्यमा महिला दिदिबहिनी सक्रिय रुपमा लागेको बताउँछिन्, पाँच वर्षदेखि डेनमार्क बसोबास गर्दै आएकी देवी गौतम। पछिल्लो समय नगद सहयोग गर्न खोज्नेह बढे पनि यस अभियानको उद्धेश्य सकेसम्म नगद सहयोग रकम नलिने रहेकाले नगद सहयोग गर्नेलाई बोतल तथा क्यान संकलन गर्न अनुरोध गरिएको अभियानका सदस्य शशि श्रेष्ठले बताए । यो अभियान सफल हुँदै गए आगामी दिनमा नगद सहयोग गर्न चाहनेहरुको लागि पचास पैसा र एक क्रोनरको सिक्का मात्र लिन सकिने 'खुत्रुके योजना' चलाउन सकिने अभियानले सोच बनाएको सदस्य हरि न्यौपानेले बताए।