सेतोपाटीको अंग्रेजी संस्करण भोलिदेखि सुरु हुँदै छ। हाम्रा पाठकले देखाएको विश्वास र सद्भावका कारण नै स्थापनाको एक वर्ष पनि नपुग्दै सेतोपाटी अंग्रेजी संस्करण सुरु गर्न सम्भव भएको हो।
भोलिदेखि सेतोपाटीको प्रमुख पृष्ठमा केही समयका लागि अंग्रेजी संस्करण देखिनेछ। मास्टहेडको दायाँपट्टि रहेको ‘सेतोपाटी पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्’ लेखिएको बटन क्लिक गरेर नेपाली संस्करण पढ्न सक्नुहुनेछ। अंग्रेजी संस्करणको प्राविधिक कामले भोलि बिहान ५ बजेदेखि साढे ६ बजेसम्म हाम्रो साइट चलाउन असुविधा हुनसक्ने जानकारी गराउँछौँ।
सेतोपाटीको अंग्रेजी संस्करणले पूर्ण आकार ग्रहण गर्न केही समय लाग्नेछ। अंग्रेजी संस्करणमा सुरुमा हामी मुख्यतयाः राजनीति र सुशासनमा केन्द्रित रहेर समाचार लेख्नेछौं। समयसँगै अंग्रेजी संस्करणको दायरा पनि बढाउँदै लैजानेछौं।
नेपालीमा जस्तै अंग्रेजीमा पनि लेख, विचार/ब्लग पठाएर सहयोग गर्न हामी आग्रह गर्दछौं। सेतोपाटीलाई समाचार/विचारको विश्वासिलो मञ्च बनाउने कार्यमा हामी निरन्तर लागिरहनेछौं।