अनुहारमा मासुको डल्लो पलाएका तनहुँ छिपछिपेका २८ वर्षीय हेमराज गुरूङको यो अनुहार हेर्दा जो कोही पनि झसंग हुने गर्दथे अब भने उनको देखेर कोही झसंग हुनु नपर्ने भएको छ।
अनुहारमा मासुको डल्लो पलाएका गुरूङको राजधानीको सुश्मा कोइराला मेमोरियल अस्पतालमा अप्रेसन गरी मासुको डल्लो फ्याकेपछि उनको अनुहार देखेर जोकोही पनि झसंग हुनु नपर्ने भएको हो।
गुरूङका दाजु नवराज गुरूङका अनुसार अनुसार डा.सन्तोस बिक्रम भण्डारीको नेतृत्वको टोलीले १८ घण्टा लगाएर उनको अनुहारको अप्रेसन गरेको थियो।
अनुहारबाट तीन किलो मासु निकालिएको थियो।
अप्रेसन गरिएको पाँच दिनमा सुश्मा कोइराला मेमोरियलमा राखिएको भएपनि होस नआएपछि भेन्टिलेटरमा राख्नका लागि ग्वार्कोको ग्लोबल हस्पिटलमा राखिएको थियो। उक्त अस्पतालमा ११ दिन राखेर उपचार गरिएको थियो।
गुरूङको उपचारमा झण्डै १२ लाख खर्च भएको दाजु नवराजले बताए। त्यसमध्ये ग्लोबलमा २ लाख ५८ हजार रकम तिरेको बताए।
मेमोरियलको रकम एक विदेशी संस्थाले तिर्ने भनेपनि आजसम्म नतिरेको उनले दुःखेसो पोखे।
गुरूङको उपचारका लागि विभिन्न व्यक्तिहरुबाट सहयोग भएको छ। जसमध्ये तनहुँ घर भई हाल अमेरिकामा रहेका शिव मल्लले १९ हजार ४ सय १२, बेलायतमा बसोबास गर्दे आएका राम गुरूङले २० हजार २ सय ६२ र सुरेश गुरूङले १४ हजार ५ सय ५९ रुपैयाँ सहयोग प्रदान गरेका थिए। त्यस्ौगरी कास्की घर भएकी सरिता गुरूङले फेसबुकमार्फत ३५ हजार ५ सय संकलन गरी सहयोग गरेकी छन्।
पहिलो चरणको अपरेसन सकिएपनि प्लाष्टिक सर्जरीलगायत अन्य काम बाँकी रहेको गुरुङका दाजु नवराज गुरुङले बताए।
ऋण धन गरेर तीन लाख संकलन गरियो अब भने सम्ास्या पर्ला जस्तो उनले भने। त्यस्तै विदेशी संस्थाले तिर्ने भनेको रकम नतिरिदिए त झन निकै समस्या हुने नवराजको भनाई छ।
अनुहारभरि मासुको डल्लो लिएर हिड्नु पर्दा निकै पीडा भोग्दै आएका हेमराज अब भने खुसी छाएको बताउँछन्। तर, हेमराजलाई उपचारमा लागेको खर्चले भने सताउन थालेको छ ।
उपचार गर्नुभन्दा अगाडिको तस्विर