अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बृहत वाशिंगटन तमु समाजको आयोजनामा ल्होछार(तल्हो-घोडा वर्ग) हर्सोउल्लासको साथ मनाईएको छ ।
वाशिंगटन डिसीस्थित नेपाली दूताबासका अतिथि नियोग उप प्रमुख ऋषिराम घिमिरेले शुभकामना दिएका थिए । उक्त ल्होछार पर्वमा बिशेष ब्यक्त्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । तमू जातीहरुको भेषभूषामा सजिएका महिला तथा पुरुषको सहभागिता रहेको थियो भने ल्होछार साँझमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति गरिएको थियो ।
उक्त ल्होछार मनाउन बिभिन्न राज्यहरुबाट पनि अतिथिहरु आएका थिए । सेलरोटी तथा स्वादिस्ट परिकारको खाना अतिथिहरुको लागि बिशेष बनाईएको थियो ।