नौमती बाजा संरक्षणमा अर्घाखाँची अर्घाका गर्न्धव समुदाय अघि सरेका छन।
पुरानो संस्कृति हराउन थालेपछि गर्न्धव समुदाय संरक्षण गर्न लागिपरेका हुन्। जिल्लामा केहि वर्ष अगाडिसम्म निकै लोकप्रिय रुपमा चर्चामा रहेको नौमती बाजा हिजो आजभने संरक्षण गर्नु पर्ने अवस्थामा पुगेको छ।
राज्यको तर्फबाट संरक्षणका लागि कुनै पहल नभएको गर्न्धव समुदायको भनाई छ। २ वर्ष अगाडिसम्म सबै जसो गाउँमा एउटा समूह बाजागाजासहित हुने गरेकोमा अहिले जिल्लामा वढीमा ८/१० गाउँमा मात्र रहेको जनाईइको छ। नौमती बाजा विवाह,पूजाआजा र रमाईलो कार्यक्रमहरुमा बजाउने चलन रहेको छ।
राज्यको तर्फबाट कुनै पनि सम्बोधन नभएकाले बाजाहरु हराउन थालेको अर्घाका ईन्द्र्रमणी परियारले बताए।
राज्यको तर्फबाट संरक्षणका लागि पहल नभएपनि आफूहरुले समूह नै बनाएर संरक्षण अभियानमा लागेको परियार जानकारी दिए।