झापाको सतासीधाम- ७ मा गएराती भएको आगलागीमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ। सतासीधामका स्थानीय गणेश बजगाईंको घरमा डेरा गरी बस्ने मोरङ दर्वेशाकाका एकै परिवारका तीन जानको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्युहुनेमा ३६ वर्षीया मोनिका भट्टराईसहित उनका १२ वर्षका छोरा निकेश र ७ वर्षका निशानको जलेर मृत्यु भएको विर्तामोड प्रहरीले जनाएको छ।
बेलुका लोडसेडिङ भएकोले मैनबत्ती बालेर सुतेका उनीहरुको आगलागीमा निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ।