सप्तरीको धरमपुर गाविसमा गएराति आगलागीमा परी बाबु छोराको मृत्यु भएको छ।
धरमपुर गाविस– ४ बलुवा चौकमा रहेको पसलमा आगो लाग्दा ६० वर्षीय नागेश्वर साह र उनका १६ वर्षीय छोरा खेलानन्द साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
राति लाइन गएपछि खेलानन्दले टुकी बाल्न खोज्दा आगो सल्केको थियो। पसलमा बेच्न राखिएको पेट्रोल तथा ग्यासमा आगो लाग्दा खेलानन्दको मृत्यु भएको हो। आगो निभाउन पसलभित्र जाँदा बाबु नागेश्वरको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।
दुवैको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको छ। यता जिल्ला दैवी प्रकोप उद्धार समितिले मृतक परिवारलाई किरिया खर्च स्वरुप रु पचास हजार दिने भएको प्रहरी उपरीक्षक अमात्यले बताए ।रासस