नारायणगढ–मुग्लिन सडक बिहिबारदेखि दिउँसो बन्द हुने

चुनाव
  • Get News Alerts

tata

 

निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको नारायणगढ–मुग्लिन सडकमा भोलिदेखि पुनः सडक बन्द गरेर काम थालिने भएको छ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात बन्द गरेर काम गरिने छ।

निर्वाचनको लागि बिदामा गएका मजदुरहरु पनि काममा फर्किएकाले भोलिदेखि कामलाई तीव्रता दिइने उनले बताए। कतिपय मजदुर निर्वाचनमा गएपछि बाँकी रहेका मजदुरले सामान्य काम गरेको भएपनि सडक अवरुद्ध हुने गरी काम भएको थिएन।

उक्त सडकको अहिलेसम्म ४७ प्रतिशत मात्रै काम भएको छ। भित्तो काट्ने काम बाँकी भए पनि कतिपय ठाउँमा कालोपत्र गर्ने काम सुरु भएको छ। खनालका अनुसार दुई किलोमिटर कालोपत्र गरिएको छ। वर्षात् अघि १२ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखिएको छ। रासस

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • चक्रपथ सफा गर्नेको सङ्ख्या बढ्यो

    प्रत्येक साता अभियानकै रुपमा सञ्चालन गरिएको उक्त सरसफाइमा फोहर सङ्कलन गर्नेकोे सङ्ख्या स्वतःस्फूर्त रुपमा ह्वात्तै बढेको छ।  नारायणगोपाल चोकबाट फोहर सङ्कलन गर्दे ग्रिनसिटी अस्पताल पुगेर आजको अभियान समापन भएको थियो।

  • श्रीलङ्कामा बाढी पहिरोबाट १४६ को मृत्यु, पाँच लाख विस्थापित

    श्रीलङ्कामा बाढी पहिरोबाट १४६ को मृत्यु, पाँच लाख विस्थापित


    उक्त बाढी र पहिरोमा परी १२२ जनाको मृत्यु हनुको साथै ९७ जना हराइरहेका श्रीलङ्काको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)ले पनि पुष्टि गरेको छ। साथै यस प्रकोपमा परी घाइते भएका ४९ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ।

  • नारायणगढ–मुग्लिन सडकखण्डमा क्यान्टिलिभरको काम सुरु

    सडकभन्दा बाहिर टप निकालेर सडक चौडा हुने संरचनालाई क्यान्टिलिभर भनिन्छ। मुग्लिन बजारबाट १ दशमलब ५ किमीदेखि दुई किमी नारायणगढतर्फ क्षेत्रमा छ ठाउँमा क्यान्टिलिभर पद्धतिबाट सडक चौडा गरिने भएको छ। सबै क्षेत्रमा गरी एक सय ९० मि लामो सडकमा क्यान्टिलिभर गरिँदैछ। सो क्षेत्रमा हाल सडक ५ दशमलब ५ मि मात्रै चौडा छ। सो सडकलाई ९ मि चौडा गरिँदैछ। अग्लो पहरो र साँघुरो सडक भएकाले काममा कठिन भएपछि क्यान्टिलिभर पद्धति प्रयोग गरिएको हो।

  • गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना

    गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना

    गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट लुक्लाका लागि उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रूखमा ठोक्किएर करिब २ बजे दुर्घटनामा परेको हो।

  • यसरी लुट्‍यो मेगा अस्पतालले बिरामीको सर्वश्‍व‍‍..

    अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्‍यौं। बुवा (शिवप्रसाद चौधरी) भैँसी राँगा चराउनुहुन्थ्यो। गत वैशाख दुई गते राँगाले हानेपछि उहाँको ढाड र खुट्टामा चोट लाग्यो। गाउँलेहरुसँग सल्लाहपछि मैले तुरुन्त बुवा (शिव चौधरी) लाई उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ल्याए। गहिरो चोट लागेकाले काठमाडौं लान डाक्टरले सल्लाह दिए। एम्बुलेन्सबाट बुवालाई काठमाडौं ल्याए।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी