अमेरिकामा बस्दै आएका नेपालीहरुको संस्था हिमालयन मित्रले स्वर्गिय डा. चीत्रप्रसाद वाग्लेको परिवारलाई आर्थिक सहयोग गरेको छ।
बेसिक कठेतको पहलमा संकलित १ लाख २५ हजार ३ सय ६ रुपैयाँ नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार वाग्लेकी पत्नी पुजा पराजुलीलाई हस्तान्तरण गर्यो।
डा. वाग्लेले ग्रामिण भेगमा रहेर स्वास्थ्य क्षेत्रमा पुर्याउनुभएको योदानको कदर स्वरुप उहाँको परिवारलाई आर्थिक सहयोग गरिएको हिमालयन मित्रले जनाएको छ।
आर्थिक संकलनका लागि अमेरिकामा टिसर्ट विक्री, दसैमा कार्यक्रम र चन्दा उठाएको थियो। वाग्लेकी पत्नी पुजाले परिवारको तर्फबाट हिमालयन मित्रलाई धन्यवाद दिएका थिए।
फाइल तस्विर सेतोपाटी
फोटो क्याप्सन : स्वर्गिय डा. चित्रप्रसाद वाग्लेकी पत्नी पुजा पराजुली (दायाँ) लाई सहयोग रकम हस्तान्तरण गर्दै नेपाल खेलकुद पत्रकार मञ्चकी सदस्य सरिता श्रेष्ठ ।