विभिन्न मुद्दाका फरार आरोपित व्यक्तिलाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ।
प्रहरीले कर्तव्य ज्यान मुद्दाका आरोपित ६ जना र डाका चोरी मुद्दाका आरोपित १ जनालाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय बुटवलले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका सबै आरोपितलाई सार्वजनिक गरेको छ।
यसरी पक्राउ पर्नेहरुमा स्याङजा वालिङ नगरपालिका ४ घर भई हाल बुटवल १५ बेल्बास बस्दै आएका बालकृष्ण दर्जी, रुपन्देही देवदह २ का संदिप श्रेष्ठ, सोहि स्थानका अमृत अर्याल, नवलपरासी स्वाठी ६ का विशाल क्षेत्री, स्वाठी ५ का विनोद पुन र जमुवानी १ का ज्योतिराज सुवेदी रहेका छन्।
पक्राउ परेका दर्जिमाथी दाङ सिसहनिया १ का शेर बहादुर परियारको हत्या गरेको आरोप लागेको छ।
गत असार १२ गते दर्जि र परियारको विचमा भएको सामान्य विवाद पछि कुटपिट हुंदा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। परियारलाई पाल्पाको रामपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरि जिल्ला अदालत रुपन्देहीमा मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ।
त्यसैगरि अन्य आरोपित पांचैजनालाई रुपन्देही करहिया ८ का एकराज पौडेलको हत्या गरेको आरोप लागेको छ।
लागू औषध कुलतमा फसेका पौडेलको देवदहमा रहेको देवदह फलोसिप फाउण्डेसन सुधार केन्द्रमा रहेको बखत मृत्यु भएको थियो।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक राजकुमार वैदवारले अभिभावकहरुले नै लागु औषधको कुलत छुटाउन सुधार केन्द्रमा राख्न पठाएपनि सुधारको नाम केन्द्रमा दिएको यातनापछि मंसिर १९ गते मृत्यु भएको बताए।
पक्राउ परेका सबै सुधार गृहका संचालक रहेको र उनिहरुलाई कतर्व्य ज्यान अभियोगमा मुद्धा चलाइएको प्रहरी नायब उपरिक्ष्ँक बैदवारले जानकारी दिए।
सुधार गृहका पाँच जना सञ्चालक मध्ये तिन जना तत्काल पक्राउ परेपनि अन्य दुई जना भने अहिले मात्र पक्राउ परेका हुन्।
यसैगरी प्रहरीले विभिन्न स्थानमा चोरी तथा डकैती गर्ने रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ बस्ने भारतको पूर्वी चम्पारण विहारका पप्पु प्रसाद जयसवाललाई पक्राउ गरेको छ।
पक्राउ परेका जयसवाल गत साउन ६ गते रुपन्देहीको करहिया ३ भलवाडीमा रहेको पर्वत महेश्वर सुनचांदी पसलबाट ४३ लाख दश हजार सात सय चौध रुपैया र २०६६ साल जेठ ५ गते बुटवल ८ विपीचोकमा रहेको रेसुङगा सुनचांदी पसलको ६९ लाख २२ हजार नौ सय रुपैया चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ।
प्रहरीले रुपन्देहीमा हुने ठूला चोरीका घटनामा पप्पु जयसवाल संगै अन्य गिरोह सामेल भएको र उनिहरुको खोजी कार्य भईरहेको जनाएको छ।
यसैगरी जवरजस्ती करणी आरोपमा प्रहरीले उदयपुर पैसरा घर भई हाल बुटवलमा रिक्सा चलाउंदै आएका दिपक रानालाई पनि पक्राउ गरि जिल्ला अदालतमा म्याद थप गरि राखेको जनाएको छ।
रानाले बुटवल १० सुख्खानगरकी एक १५ वर्षिय बालिकालाई जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
रानाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक बैदवारले जानकारी दिए।