दुबै मृर्गौला काम गर्न छोडेपछि अस्वस्थ भएका पत्रकार एवं कवि विके पाल्पालीको उपचारका लागि अष्ट्रेलियास्थित पत्रकार पेशल लुईटेलको पहलमा संकलन गरिएको ३ लाख ५० हजार २ सय १५ रुपैया पाल्पालीको परिवारलाई हस्तान्तरण गरिएको छ।
रेडियो नेपालका पत्रकार रमेश पौडेलले बुधवार कोटेश्वरस्थित पाल्पालीको डेरामा पुगि उक्त रकम सहित आफ्नो पहलबाट संकलित ३४ हजार ५० रुपैया“ बराबरको चेक पाल्पालीकी श्रीमती रेणुका भट्टराईलाई हस्तान्तरण गरे।
पाल्पालीको दुवै मृर्गौलाले काम गर्न छोडेको तर आर्थिक अभावका कारण उपचारमा समस्या भएको थाहा पाएपछि अष्ट्रेलियाबाट प्रकाशित पिपलबोट पाक्षिकका सम्पादक पेशल लुईटेल अष्ट्रेलियामा रहेका नेपालीजनबाट सहयोग रकम संकलन गरेका थिए। संकलित रकम हस्तान्तरणका लागि पाल्पालीको उपचारका लागि नेपालमा रहेर सहयोग रकम संकलन अभियान चलाएका पत्रकार पौडेललाई आग्रह गरेका थिए।
पाल्पालीको उपचारका लागि समाजसेवी हिक्मत थापाको पहलमा एनआरएनए नाइजेरियाबाट १ लाख ४३ हजार, गीतकार सुचित्रा खनिया र समाजसेवी लिला लिम्बूको पहलमा नारी आवाज इजरायलमार्फत १ लाख १२ हजार पाल्पाली परिवारले प्राप्त गरिसकेको छ। यसैगरी सरकारले पनि ५ लाख रुपैया दिने घोषणा गरिसकेको छ। त्यस्तै नेपाल पत्रकार महासंघको पहलमा पनि उनको उपचारका लागि सहयोग रकम संकलन भइरहेको छ।
अब पाल्पालीलाई उपचारका लागि चाडै नै नया“ दिल्लीको मेदान्त अस्पताल लाने तयारी भएको पाल्पालीकी श्रमीती रेणुका भट्टराईले वताइन्। उनले सहयोग रकमको चेक बुझ्दै सहयोग गर्ने सबैमा आभार व्यक्त गरिन् ।